काठमाडौं । बलिउडका बादशाह भनिने शाहरुख खानलाई ठूलो पर्दामा हेर्न लाखौं फ्यानहरू पर्खिरहेका छन् । फिल्म ‘जवान’ बाट शाहरुख फेरि एक पटक सिल्भर स्क्रिनमा एक्सनलाई मसला दिन लागेका छन् ।
यसैबीच मन्नतको घरबाहिर केही मानिसहरु प्रदर्शन गर्न आएका थिए जसलाई मुम्बई प्रहरीले रोकेको थियो । आखिर, सबैको मनपर्ने शाहरुखसँग के कारणले मानिसहरु आक्रोशित भए र उनको घर बाहिर किन विरोध भइरहेको छ ?
वास्तवमा, अनलाइन गेमिङ एप्स र जुवालाई बढावा दिएकोमा शाहरुख खानसँग केही मानिसहरू रिसाएका छन् । खानको घर (मन्नत) बाहिर विरोध प्रदर्शन गर्ने प्रयास गरेका थिए । जसका कारण मुम्बई पुलिसले ‘मन्नत’ बाहिर सुरक्षा बढाएको छ ।
शनिबार दिउँसो एक निजी संस्था अनटच युथ फाउन्डेसनले शाहरुख खानलाई ‘अनलाइन जुवा’ प्रवर्द्धन गरेको आरोप लगाउँदै विरोध प्रदर्शनको घोषणा गरेको थियो । वाइल्ड रम्मी, झुप्पी एप जस्ता अनलाइन जुवाको प्रवर्द्धनको विरुद्धमा शाहरुखको घरबाहिर विरोध प्रदर्शन गरिने सन्देश सामाजिक सञ्जाल र अन्य मेसेजिङ एप्सबाट फैलिएको थियो ।
अनटच इन्डिया फाउन्डेसनको तर्फबाट शनिबार मानिसहरु शाहरुख खानको घरबाहिर पुग्न लागेका थिए । तर प्रहरीले ब्यवस्था बढाएर सबैलाई हिरासतमा लिएर बान्द्रा प्रहरी चौकी लग्यो । अनटच इन्डिया फाउन्डेसन नामक सामाजिक संस्थाका अध्यक्ष कृष्णचन्द्र अदलको नेतृत्वमा यो विरोध प्रदर्शन गरिएको हो ।
कृष्णचन्द्र अदलले शाहरुखजस्ता ठूला स्टारको कुरा मानिसले सुन्ने बताए । उनीहरूले जुवा खेल्ने धेरै एपहरू प्रचार गर्छन्, जसले युवा पुस्तामा नराम्रो प्रभाव पार्छ। त्यसैले हामी भन्न चाहन्छौं कि यस्ता जुवा एप्सको प्रचार नगर्नुहोस्, अन्यथा हामीले बारम्बार आन्दोलन गर्नुपर्नेछ। साना केटाकेटीलाई जुवा खेलिरहेको देखेमा प्रहरीले पक्राउ गर्ने अदल बताउँछन् भने ठूला स्टारले गलत भएको बुझेर यस्ता कुरालाई बढावा दिन्छन् । डिसिनेपाल