सन्देश रेग्मी, बर्दघाट । गायक मदन खनाल र सुमिना लो को आवाज रहेको “कोही छैन मेरो” भाग – ३ आधुनिक गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतमा कलाकार सन्देश शाह र भारती भार्द्वाजले अभीनय गर्नुभएको छ ।
कलाकार प्रेमराज लामिछानेको शब्द रहेको गीतलाई गायक मदन खनालले स्वर र संगीत भरेका छन । सन्देश शाहको निर्देशनमा तयार भएको यस गीतमा सन्देशकै सम्पादन र अन्कुर गुरुङले छायांकन गर्नुभएको हो ।
सार्वजनिक गरिएको यो गीतको भिडियोमा कलाकार प्रेम राज लामिछानेको सहयोग रहेको छ । माया प्रेमको यो गीतले प्रेममा हुने एउटा बाँध्यात्मक परिस्थितीलाई झल्काएको छ ।
सबै सम्बन्ध गलत हुँदैनन परिस्थितिले गलत बुझाउन सक्छ भन्ने तितोपनलाई यस गीतमा देखाउन खोजिएको छ भने अन्तिममा सबै भ्रम हटेको समेत देखाइएको छ । यस अघि यो गीतको भाग १ र २ प्रसारण भईसकेको गायक मदन खनालले जानकारी दिनुभयो ।