जनवरी २०२४ मा भारतीय विदेशमन्त्री एस जयशंकरको काठमाडौं भ्रमणका क्रममा नेपाल र भारतले एकदीर्घकालीन विद्युत सम्झाैतामा हस्ताक्षर गरे, जुन आउंदाे १० वर्षमा नेपालले भारतमा १० हजार मेगावाट विद्युत् निर्यातकाे सुविधा प्रदान गर्नेछ । नारायण प्रसाद साउद र उनका भारतीय समकक्षी जयशंकरले सातौं नेपाल–भारत संयुक्त आयोग बैठकको सहअध्यक्षता गरे ।
यो सम्झौता अनुसार, भारतले छिमेकी मुलुकबाट आयात हुने विद्युत् हालको ४५० मेगावाटबाट वृद्धि गरि आगामी १० वर्षमा १० हजार मेगावाट पुर्याउनेछ ।
यद्दपि नेपालका पूर्वसचिव सूर्यनाथ उपाध्यायले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् जसमा तर्क दिइएकाे छ कि नयाँ दीर्घकालीन विद्युत व्यापार सम्झौता नेपालकाे हितकाे विरूद्धमा छ । किनकी यसले भारतलाई हिमाली राष्ट्रको पानीको अनुचित प्रयोग गर्नका लागि सक्षम बनाउने छ । यद्दपि, यस्ताे महसुश हुन्छ कि विवादमा जति देखिएकाे छ, त्याे भन्दा कतै बढी नै छ।
नेपाललाई चीनमा आश्रित बनाउने प्रयास !
भारत–नेपाल व्यापार सम्झौताकाे विरूद्धमा एउटा रिट दायर गरिएकाे छ, विज्ञहरुको सुझाव छ कि यसमा नेपालले भारतलाइ विद्युत् निर्यात गरेर थप आय आर्जन गरी भारतसितको व्यापार घाटा कम गर्न मद्दत पुग्ने छ । यद्दपि, जब बिआरआई जस्ता चिनियाँ परियोजनाको कुरा आउंछ, तब कसैले पनि चीनसँग सम्बन्धित कुनै पनि परियोजना विरुद्ध निवेदन दिएको छैन । यहासम्म कि गतवर्ष प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा भएको सम्झौताको विषयवस्तु पनि जनतालाई थाहा छैन र कसैले सोध्ने आँट पनि गरेको छैन । यस्ताे लाग्दछ कि नेपाललाई चीनमाथि निर्भर बनाउने प्रयास भइरहेको छ ।
भर्खरै सन् २०२३ को सेप्टेम्बरमा काठमाडौंमा भएको एक कार्यक्रममा सहभागी हुँदा नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपालको भारतसँगको सम्बन्धमा टिप्पणी गरेर भारतलाई नराम्रोसँग प्रस्तुत गरेर विवाद सिर्जना गरिदिएका थिए । चिनियाँ राजदूतले भारतविरुद्ध एक सार्वजनिक कार्यक्रममा अकूटनीतिक टिप्पणी गरेका थिए ।
पहिले पनि भारतसँग नेपालको व्यापार सम्झौताको काठमाण्डाैंमा विरोध गरेको छ । विगतमा पनि नेपालमा चीन समर्थकहरूले भारतीय कम्पनीले निर्माण गरिरहेको जलविद्युत् आयोजनाको विरोध गरेका छन्, जुन परियाेजनालाई विज्ञहरूले नेपालको हितमा भएको ठान्छन् ।
सूर्यनाथ उपाध्यायको नियत शंकास्पद !
सूर्यनाथ उपाध्याय नेपाल-भारत प्रबुद्ध व्यक्ति समूहका सदस्य हुन्, जसमा दुबै देशका प्रतिनीधिकाे रूपमा उल्लेखनीय व्यक्तिहरू सहभागी छन्। जसलाइ दुबैदेशबीच विगतमा भएका सम्झाैता र सन्धिहरूकाे समिक्षा एवम संशाेधन गरेर नेपाल-भारत द्विपक्षीय सम्बन्धलाई पुनर्परिभाषित गर्ने जिम्मेवारी दिइएको छ ।
31 जनवरी, 2024 मा उनले पूर्व मुख्यसचिव लीलामणि पौडेल र नेकपा माले का महासचिव सीपी मैनालीसंग ‘नेपाल सरोकार अभियानकाे’ क्रममा ‘नेपाली अन्तर्राष्ट्रिय विमानस्थलकाे व्यापार विदेसीसंग गर्ने षड्यन्त्र विरुद्ध नेपाल सम्वाद कार्यक्रम’ मा पनि काठमाण्डाैंमा भाग लिए । कार्यक्रममा मैनालीद्वारा याे दावी गरियाे कि नेपाली अंतरराष्ट्रीय विमानस्थलहरूकाे संचालन भारतीय अडानी समूहलाइ सुम्पिनुले नेपालकाे रणनीतिक हितलाइ क्षति पुग्नेछ र नेपाल भारतमाथि निर्भर हुन जानेछ ।
सूर्यनाथ उपाध्यायकाे यस दुबै कार्यले नेपाल-भारत ईपीजी समूहमा उनकाे सदस्यता माथि सवाल खडा गरिदिएकाे छ कि उनी यस समूहमा र भारत–नेपाल सम्बन्धमाथि सधैँ नकारात्मक सुझाव दिनेछन्, जुन दुबै देशबीचको घनिष्ठ सम्बन्ध निर्माणकाे लागि राम्रो होइन ।