केराकाे बाेट काटेर किसानकाे लाखाैंकाे नाेक्सानी

165

सञ्जय कुशवाहा, कार्तिक ०१, नवलपरासी ।

नवलपरासीमा अज्ञात ब्यक्तिले पाँच कट्ठामा लगाएको एक किसानकाे केराबाली काटेर पुर्ण रूपले नष्ट गरेपछि त्यस क्षेत्रमा सन्त्रास फैलिएकाे छ । केरा खेतीका किसानहरू त्रसित बनेका छन् ।
नवलपरासी जिल्लाको सुस्ता गाउपालिका वार्ड न.५ तरैनी घर धएका दिनानाथ भेडिहारको पांच कठा खेतमा लगाएको केराबाली गएराती अज्ञात ब्यक्तिले काटेर पुर्ण रूपले नष्ट गरेकाे खबरले किसानमा खैलाबैला मचाएकाे हाे ।

किसान भेडिहारले विहान केराको खेतमा काम गर्न जादा केरा पुर्ण रूपले नष्ट भएको देखेपछि आफनो गाउँ घरमा बताएपछि उनको घर परिवार दुखित भए । किसान भेडिहारले पाच कठा खेतमा सात सय बाेट केरा रोपेकामध्ये छव सय केराकाे बाेट काटेर पुर्ण रूपले नष्ट गरिएको छ ।

जेठ महिनामा रोपेको केरा असोज महिनामा नै जराबाट काटेर फालिदा लाखौंको क्षति हुन पुगेकाे बताएका छन् । घटनाकाे प्रहरी चौकी रामनगरमा जानकारी गराउदै दोषीलाई उचित कारवाई र क्षतिपूर्तिको माग गर्दै उजुरी गरेको किसान भेडिहारले बताएका छन ।

व्यापक मात्रामा वर्षाैंदेखि हुदै अाएकाे केरा खेतीमा यसरि कुनै घटना नभएकाे तथा हालकाे यस घटनाले सबै किसानलाइ चिन्तित बनाएकाे छ । दाेषाीकाे पत्ता लगाइ कारवाई गर्ने तथा क्षतिपूर्ति दिलाउने माग रहेकाे नवलपरासी केरा उत्पादक कृषक संगका अध्यक्ष उत्रिचन्न राजभरकाे भनाइ छ ।