श्याम थापा
सुस्ता १४ माघ
नेपाल सरकारको संघीय कृषि मन्त्री चक्रपाणी खनालले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाको कृषि क्षेत्रको अनुगमन गर्नुको साथै उखु उत्पादक कृषक र केरा उत्पादक कृषकहरुसंग छलफल तथा अन्तरक्रिया गर्नु भएको छ ।
मन्त्री खनालले आफ्नो कार्यकालसम्म कृषि क्षेत्रमा किसानहरुलाई कुनै किसिमको समस्या हुन नदिने बताउनु भयो ।
मन्त्री खनाललाई केरा उत्पादक संघ नवलपरासीले सुस्ता गाउँपालिकाको वार्ड न ५ पक्लिहवामा बिशेष सम्मानको रूपमा स्वागत गर्दै नवलपरासीमा केरा किसानहरुले खेप्दै आएको पीडा अवगत गराउदै १० बुदे माग सहित ज्ञापन पत्र मन्त्री खनाललाई बुझाएका छ्न ।
केरा उत्पादक संघ नवलपरासीको मागहरु १.नवलपरासी जिल्ला भित्र सुस्ता र प्रतापपुर गाउँपालिकाको सेन्टरमा पर्ने गरि कोल्ड स्टोर निर्माण गर्नु पर्ने ।
२.कृषि आधुनिक औजार खरिदमा अनुदानको व्यवस्था गर्नु पर्ने ।
३.नर्सरीको व्यवस्थापन राज्यबाट गर्नु पर्ने ।
४.केरा खेतीको बिमा गर्न प्रतिबोट लागत खर्च हालको नयाँ दर रेट अनुसार लागत देखि प्रतिफल सम्म बिमा निति परिमार्जन गरि लागू गर्नुपर्ने ।
५.उचित बजार व्यवस्थापन गर्नुपर्ने ।
६.बजार व्यवस्थापन सम्बन्धि व्यापारी र किसान बिचको तालिम गोष्ठी,भ्रमण र अन्तरक्रिया सम्बन्धित कार्यक्रम संचालन गर्नुपर्ने ।
७.बिरुवा,बिउ,मल,बिषादी लगायतका रासायनिक आर्गेनिक खाद मलहरु सहज र सुपथ मुल्यमा र साथै सो बिषयमा अनुदान गर्नुपर्ने ।
८.यस क्षेत्रका कृषि उपजलाई व्यवस्थापन गर्नको लागि कृषि उद्योग स्थापना गर्ने र सो उद्योग स्थापना गर्दा सोही क्षेत्रका किसानहरुलाई शेयर वितरण गर्ने ।
९.नेपाल सरकारबाट हुने कृषि गोष्टि,निति नियम तयार गर्दा कृषि सम्बन्धित संघसंस्थाहरुलाई अनिवार्य रूपमा प्रतिनिधित्व गराउने ।
१०.कृषि क्षेत्रमा प्रयोग हुने कृषि औजारहरुमा नेपाल सरकारबाट लिने करमा छुट गर्नु पर्ने जस्ता मागहरु रहेको छ ।
त्यसैगरी उखु किसानहरुले प्रतापपुरको बेलाटारीमा एक कार्यक्रम गरि ३ बुदा सहित मन्त्री खनाललाई ज्ञापन पत्र बुझाएका छ्न । उखु किसानहरुको माग
१.प्रत्येक बर्ष भदौ र आश्विन महिना भित्रमा उखुको मुल्य नेपाल सरकारले तोक्नु पर्ने ।
२.उखु किसानले उखु बिक्री गरेको १५/२० दिन भित्रमा भुक्तानी पाउनु पर्ने ।
३.उखु किसान र चिनी उद्योगका मालिकहरु दुबैको फाइदा हुने गरि उन्नत जातिको उखुहरु लगाउनको लागि किसानहरुलाई उत्प्रेरित गर्नु पर्ने जस्ता माग रहेको छ ।
सो ज्ञापन पत्र मन्त्री खनालले बुझी तत्काल किसानहरुको माग सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको छ ।
मन्त्री खनालको सुस्ता गाउँपालिकाले विशेष रूपमा स्वागत गरेको थियोे । सो अनुगमनको क्रममा प्रदेश सभाका सांसद दिपेन्द्र कुमार अधिकारी,राष्ट्रिय सभा सदस्य रामलखन हरिजन,नेकपा जिल्ला कमिटी पश्चिम नवलपरासीका अध्यक्ष घनश्याम यादव र सुस्ता गाउँपालिका कार्यालयका अध्यक्ष राम प्रसाद पाण्डे रहनु भएको थियोे ।