उमेश वि.क, नवलपरासी, अषाढ २ ।
नवलपरासीको सरावलमा अाज सनिवार १ दिने कुष्ठराेग तथा अपाङ्गता सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीकाे आयोजनामा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीको अध्यक्षता तथा सरावल गाउँपालिका कार्यकारी अधिकृत झबेश्वर रेग्मीकाे बिशेष अतिथ्यता उक्त अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हाे।
कार्यक्रममा बोल्दै गापा अध्यक्ष चौधरीले पूर्वजन्मको पापको कारण कुष्ठरोग लागेको सामाजिक मान्यतालाई चिर्न चनचेतनाकाे माध्यमबाट यो रोगबारे सबैलाई जानकारी गराउन सके यसप्रति गरिने नकारात्मक व्यवहार परिवर्तन गर्न सकिन्छ ।
कुष्ठरोग लागि अपाङ्ग बनेकाहरुलाई समाजमा पुर्नस्थापना गराउन निकै चुनौतिपूर्ण रहेको छ । सरावल गाउँपालिका दक्षिण खुल्ला सिमाना भएको हुनाले यश तर्फ सम्पूर्ण ब्यक्तिले ध्यान दिनुपर्छ । र यश सरावल गाउँपालिकामा कुष्ठरोगको अवस्था र उनिहरुप्रति गरिने व्यवहार र कुष्ठरोग नियन्त्रण हामी सबै लाग्नुपर्छ ।
कार्यक्रममा कार्यकारी अधिकृत झबेश्वर रेग्मी वडा न.३ का वडा अध्यक्ष अणेन्र्द राय , महेन्द्र मा.वि का शिक्षक धनिराम बि.क, कार्यसमिति सदस्य चन्दा चाैधरी, सरावल महिला सन्जाल अध्यक्ष मिना चाैधरी,अपांगता प्रतिनिधि अवधबिहारी चाैहान, सरावल स्वास्थ्य चाैकि इन्चार्ज अम्बिका मण्डल, अाेमनरायण देवकाेटा, उमेश बि.क लगायतकाे सहभागीता रहेकाे थियाे ।
कार्यक्रमकाे सहजिकरण क्षय तथा कुष्टराेग अधिकृत बिनाेद लाल कर्ण र कार्यक्रम अधिकृत लक्षमण मानन्धरले गर्नुभएको थियाे ।