वीरगंज- पर्सा क्षेत्र नम्बर ३ का संघिय सांसद हरिनारायण रौनियार फेरी चुनाव लड्ने र भारि बहुमतले विजयी हुने दावी गर्नुभएको छ ।
सांसद रौनियारले भन्नुभयो:- मुद्दाले चुनाव लड्न कुनै आपती गर्दैन । मुद्दा त षडयन्त्र गरेर लगाईएको हो। निर्वाचन नामावलीमा मुद्दा चल्दाचल्दै अवस्थामा मुद्दाको अन्तिम किनारा नलागेसम्म दोषी करार हुने छैन । त्यसलाई रोक्न मिल्दैन । त्यसकारण मलाई चुनाव नलड्न बाध्य पारिदैन। र मेरो मुद्दा केही समयमा खारेज भईहाल्छ । त्यसमा केही छैन । त्यो ओली सरकारको तानाशाह शासन व्यवस्थाको षडयन्त्र मात्रै हो ।
उहाँले मुलुकमा धेरै जनाले प्रत्यक्ष रुपमा नै अनियमितता गरिरहेको भए पनि कुनै सुनवाई नभएको तर मेरो कुनै संलग्नता नै नरहेको निर्माण कम्पनीसंग मेरो नामजोडेर मलाई झुटो फसाईएको बताउनुभएकाे छ ।





