काली मन्दिरमा सत्यचण्डी महायज्ञ

16

संजय कुशवाहा

नवलपरासी चैत ४ । नवलपरासी जिल्लाको सारावल गाउँपालिका ७ बर्दघाटे काली मन्दिरमा आजदेखि सत्यचण्डी महायज्ञ सुरु भएको छ ।

हिन्दु धर्मको रक्षा तथा स्थानीय क्षेत्र विकास गर्ने उदेश्यले महायज्ञ सञ्चालन गरिएको यज्ञ सम्पादन मुल समितिका अध्यक्ष एवम् सारावल गाउपालीका वडा न.७ का वडा अध्यक्ष हेयात अली अन्सारीले बताउनुभयो ।

महायज्ञको अवसरमा भुजहवा, सोमनी, खैरेटवा, सुर्यपुरा हुँदै कलशयात्राको वडा परिक्रमा गरि महायज्ञ समाज सेवी संजय मडी त्रिपाठीले उदघाटन गर्नु भएको थियो ।

कलशयात्रामा हजारौं भक्त श्रद्धालुहरूको सहभागीता रहेको थियो भने माहायज्ञमा बिहान ६ बजे देखि १० बजे सम्म हवन र परिक्रमा, दिउसोमा १२ बजे देखि ४ बजे सम्म प्रवचन, साझ ४बजे देखि ६ बजे सम्म हवन र परिक्रमा र राति ८ बजे देखि २ बजे सम्म साँस्कृतिक रामलिला कार्यक्रम सञ्चालन गरिने बताईएको छ । महायज्ञ चैत १२ गतेसम्म सञ्चालन हुने बताईएको छ ।

सुशिल चन्द्र उपाध्यायले प्रवचन गर्ने यज्ञ सम्पादन समितिले जनाएको छ ।