4 C
New York
Wednesday, November 12, 2025

Buy now

spot_img
spot_img

कानुनी राज्यको अनुभूति गराउनु नै प्रमुख उद्देश्यः बालेन

- Advertisement -

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले कानुन कार्यान्वयनको प्रभावकारीतासहित यो वर्ष २० हजारभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।

महानगरका अनुसार, कार्यान्वयनको पहिलो वर्ष १३ हजार, दोस्रो वर्ष १९ हजार र यस शैक्षिक वर्षमा कक्षा १ देखि १० सम्म १६ हजार ९८० तथा कक्षा ११ मा ३ हजार ३०२ गरी जम्मा २० हजार २८२ विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका छन्। यसका लागि करिब २ अर्ब २५ करोड रुपैयाँ बराबरको रकम वितरण भएको छ।

यस शैक्षिक सत्र २०८२ मा हालसम्म विवरण बुझाउने विद्यालयको संख्या ४४० पुगेको छ। सोही आधारमा कक्षा १ देखि १० सम्मका १६ हजार ९८० जनाले छात्रवृत्ति पाएका छन्। केही विद्यालयले अझै विवरण नबुझाएकोले महानगरले यथाशीघ्र विवरण पेस गर्न आग्रह गरेको छ। विवरण नबुझाउने विद्यालयलाई भने विद्यालय बन्द भएको मानिने र शिक्षा ऐन, २०७५ बमोजिम प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्दै कारबाही गरिने चेतावनी दिइएको छ।

प्राप्त विवरणको अनुगमन हुने र तथ्य फरक पाईएमा पनि कानुनअनुसार कारबाही हुने महानगरले जनाएको छ। “कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुन्छ,” महानगरले भनेको छ, “त्यसैले हामी कानुन निर्माण र कार्यान्वयन दुवैमा उत्तिकै गम्भीर छौं।”

कक्षा ११ को छात्रवृत्ति केन्द्रिकृत प्रणालीमार्फत र कक्षा १ देखि १० सम्मको छात्रवृत्ति भने शिक्षा ऐनको दफा ५० को उपदफा (३) अनुसार गठित छात्रवृत्ति छनोट समितिको निर्णयअनुसार विद्यालय व्यवस्थापन समितिबाट वितरण गरिएको हो।

महानगरले सबै विवरण कानुनअनुसार आफ्नो वेबसाइटमा सार्वजनिक गरेको र अस्वाभाविकता देखिएमा शिक्षा विभागमा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको जनाएको छ।

महानगरका अनुसार, कानुनी राज्यको अनुभूति गराउनु नै प्रमुख उद्देश्य रहेको काठमाडौं महानगरपालिकाका मेयर बालेनले सामाजिक सञ्जालमा पाेस्ट गर्दै साे जानकारी दिएका छन् ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme