उमेश बि.क / नवलपरासी ,२६ चैत
नेपाली कांग्रेस पश्चिम नवलपरासीले जिल्लाकाे पृथ्बी चन्द्र अस्पतालमा बुधबार स्वास्थ्यकर्मीलाई अत्यआवश्यक पिपीई , सेनीटाईजर , मास्क लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि पार्टीका केन्द्रिय सदस्य एवंम् संघीय सांसद देवेन्द्रराज कण्डेलको पहलमा तथा चौधरी फाउन्डेसनको सहयोगमा स्वास्थ्य सामाग्री पार्टीले अस्पताललाई हस्तान्तरण गरेको हो ।
विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड १९ को सम्भावित संक्रमणलाई रोकथाम गर्न जिल्लाका अस्पतालमा खटिरहने स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षाका लागि व्यक्तिगत सुरक्षा सामाग्री बितरण गरिएको सांसद कण्डेलले बताउनु भएको हो ।बिशेषगरी सम्भाबित संक्रमण भएका ब्यक्तिहरुको नियमित उपचारमा खटिनु पर्दा स्वास्थ्यकर्मीहरुको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पर्ने भएकोले स्वास्थ्यकर्मीहरुलाई सुरक्षित राख्नु कर्तब्य भएकोले सुरक्षा सामाग्री बितरण गरिएको सांसद कण्डेलले बताउनु भएको छ ।
एकातिर देशमा लक् डाउनको अवस्था छ अर्को तिर यसको महामारीका कारण हरेक जनतामा त्रासको बातावरण छ l मान्छेहरु घरबाट बाहिर निस्कन सक्ने अवस्था छैन तर स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी अाफ्नाे ज्यानकाे प्रवाह नगरी दिनरात खटिरहेकाे स्वास्थ्यकर्मीहरुकालागी स्वास्थ्य सामाग्री उपलब्ध गराएको पार्टीका जिल्ला सभापति बिष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो।
सोही प्रकृतिको सामाग्री जिल्लाका अन्य अस्पताल , प्राथमीक स्वास्थ्य केन्द्र , क्वारेन्टाइनहरुमा समेत बितरण गर्ने योजना रहेको पार्टी सभापति पौडेलले जानकारीदिनु भएको छ।
स्वास्थ्य सामग्री हस्तान्तरणमा नेपाली काङ्ग्रेस जिल्ला सभापति बिष्णु प्रसाद पौडेल,पार्टीका केन्द्रिय सदस्य एवंम् संघीय सांसद देवेन्द्रराज कण्डेल,प्रदेश सभा सदस्य वैजनाथ जैसवाल,जिल्ला समन्वय समिति संयाेजक शिवसंकर राय, प्रमुख जिल्ला अधिकारी बासुदेव दहाल, पृथ्वीचन्द्र अस्पताल मे.सु.डा.नुर होदा ,जिल्ला सह-सभापती सुबाश चन्द्र गिरी,पार्टीका नेता अनिल गाैड, सुनिता श्रेष्ठ लगायतको सहभागीता रहेको थियाे।