काठमाण्डाैं, ५ कार्तिक ।
कपिलवस्तु जिल्लाकाे दक्षिणी सीमावर्ती बजार कृष्णनगरमा अाइतवार राती कर्फ्यु लगाएर दुर्गा मूर्तिकाे विसर्जन गरीएकाे छ ।
दुबै समुहबीच बढदै गएकाे तनावपछिकाे झडपलाइ नियन्त्रणमा लिन कपिलवस्तु जिल्ला प्रशासनले अाइतवार बेलुका ५ बजेदेखि अनिश्चितकालिन कर्फ्यु अादेश जारी गरेर मूर्ति विसर्जन गराएकाे हाे ।
मुर्ति विसर्जनकाे विषयलाई लिएर सुक्रवारदेखि तनाव भै पटकपटक झडप भएकाे थियाेे । सनिवारकाे झडपमा २१ वर्षे साेनु गुप्ता लगायत एक दर्जन मान्छे घाइते भएका थिए ।
प्रहरीले अाज अश्रु ग्यांस र लाठी चार्ज गरेर स्थिती नियन्त्रणमा लिने प्रयास गर्दा पनि स्थिती काबु बाहिर बन्दै गएपछि अपरान्ह ५ बजेदेखि कर्फ्यु अादेश जारी गरेकाे थियाे ।
कपिलबस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कृष्णनगर एरिया भित्र मिति २०७५।०७।०४ गते साँझ ५:०० बजे देखी जारी भएको कर्फ्यु आज मिति २०७५।०७।०५ गते विहान ०८:०० बजे देखी १२:०० बजे सम्मको लागी स्थगन गरीएको छ ।