कपिलबस्तु मंसिर ८ ।
आसन्न मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई मध्यनजर गरि कपिलबस्तु जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हातहतियार बुझाउन सूचना जारी गरे पछि ११६ थान हतियार संकलन भएको छ ।
हतियार राख्न इजाजत पएका सर्ब साधारणले जिल्ला प्रहरी कार्यालय,इलाका प्रहरी कार्यालय र प्रहरी चौकीमा १ सय १६ थान भारुवा बन्दुक सहितका हतियार बुझएको प्रहरी नायब उपरिक्षक प्रहलाद आधिकारीले बताए ।
उनले भने स्थानिय निकायको चुनाव हुदा १ सय १२ थान हतियार बुझाइको हो जस मध्ये चुनाव पछि लिन आउनेलाई फिर्ता दिइएको थियो । अहिले आएर प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बाकी बचेको हतियार र जिल्ला प्रशसन कार्यालयले हातियार बुझउन सूचना जारी गरेपछि स्थानिय चुनावमा जसले हतियार लगेको थिएन् र आहिले बुझाएको हतियर गरि १ सय १६ थान बुझाइएको अधिकारीले बताए ।
कार्तिक २७ गते हतियार बुझाउने अन्तिम म्याद रहेपनि कार्तिक २७ गते देखि एक हाप्ता हतियार बुझाउन फेरी सबैलाई निर्देशन दिएको थियो । आहिले त्यो म्याद पनि सकिए पछि हतियार नबुझाउनेलाई खान तलासी गरी हतियार भेटइएमा कानुन बमोजीम कडा भन्दा कडा कार्वाही गर्ने प्रहरी उपरिक्षक भोज जंग शाहले बताए ।