कपिलवस्तुमा उम्मेदवारकाे गाडीमा बम विस्फाेट

19
बिज्ञापन

नवलपरासी,  मंसीर २० गते ।

कपिलवस्तु जिल्लाकाे निर्वाचन क्षेत्र नं १ (क) का नेपाली कांग्रेस प्रदेश सभा सदस्य पदका उमेदवार पुर्ण प्रसाद थारूको गाडीमा शक्तिशाली बम बिस्फोट भएको छ ।

Advertisement

विस्फोटबाट उहाॅले प्रचार प्रसारमा प्रयोग गर्ने गाडी पुर्ण रूपले ध्वस्त भएको छ । विस्फाेटकाे समयमा गाडीमा काेही नभएकाले मानवीय क्षति भने नभयको खबर छ ।

कायरतापुर्ण यस घट्नाको चौतर्फी बिरोध र भर्त्सना भएकाे छ । थारू समुदायका अत्यन्त भद्र, सालिन र निस्कलंक व्यक्तिको रूपमा परिचित पुरन थारूमाथि लक्षित गरि गराइएकाे यस घटनाबाट स्थानीय थारू समुदाय आक्रोशित बनेकाे छ । क्षेत्रका मतदातामा त्रास बढेकाे छ ।

Advertisement