एसीसी यू-१९: नेपालद्वारा थाइल्याण्ड २५५ रनले पराजित

8

एसीसी यू-१९ प्रतियोगितामा नेपालले थाइल्याण्डलार्इ २५५ रनले हराएको छ। नेपालले दिएको २८२ रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १० ओभरमा २६ रन जोड्दा अलआउट भयो।

नेपालका तर्फबाट सन्दिप लामिछाने उत्कृष्ट बलिङ गर्दै थाइल्याण्डको ब्याटिङलार्इ धराशयी बनाए। उनले ४ ओभरमा ६ रन खर्चिएर ७ विकेट हात पारे।मलेसियामा सम्पन्न खेलमा नेपालका बलरसामू थाइल्याण्डका ब्याट्सम्यान निरिहसावित भए।  

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २८१ रन बनाएको थियो। नेपालका लागि अनिलकुमार शाहले उत्कृष्ट पारी खेल्दै ९१ रन बनाए। ९ रनले शतक बनाउन चुकेका अनिलले ६ चौका र ५ छक्काको मदतमा ९१ रन बनाएका हुन्। उनले ७४ बलको सामना गरे।

प्रनित थापा मगरले पनि अर्धशतकीय योगदान गरे। उनले ६१ बलको सामना गर्दै तीन चौका र एक छक्कासहित ५० रन बनाए। उनले ३ चौका र एक छक्का प्रहार गरे।

कप्तान दिपेन्द्र सिंह ऐरी २२ रनमा आउट भए भने सन्दिप सुनारले ३२, रोहितकुमार पौडेलले २८, पवन सरार्फले २२ र आसिफ शेखले २१ रन बनाए । किशोर महतो २ रनमा अविजित रहे।