16.7 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

एमाले केन्द्रीय समिति बैठक लम्बिने संकेत

- Advertisement -

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज बिहान ८ बजेदेखि सुरु हुँदैछ । आजको बैठकमा पनि अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहनेछ ।

पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार, हिजो पहिलो दिनको बैठकमा ५० जना सदस्यहरूले आफ्नो विचार प्रस्तुत गरेका थिए भने आज बाँकी सदस्यहरूले धारणा राख्ने छन् ।

आज करिब एक सय सदस्यले बोल्ने अनुमान गरिएको छ । यस अनुसार बैठक भोलि सकिने भनिए पनि सबै सदस्यले बोल्न चाहेकाले बैठक लम्बिने संकेत देखिएको एमाले नेताहरूको भनाइ छ ।

धारणा राख्न प्रत्येक सदस्यलाई तीन मिनेटको समय तोकिएको छ, र समय नाघेपछि स्वतः माइक काटिने व्यवस्था गरिएको छ । यसपटक सदस्यहरूलाई बोल्ने क्रम वर्णानुक्रम अनुसार उल्टो दिशाबाट (ज्ञ बाट) तय गरिएको छ ।

सबै सदस्यहरूको धारणा सुनेपछि अध्यक्ष ओलीले अन्त्यमा उठेका सुझाव र प्रश्नहरूको एकमुष्ट जवाफ दिनेछन् ।

हिजोको बैठकमा अध्यक्ष ओलीले ‘जेन–जी’ आन्दोलनपछि प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै पुनःस्थापनाका लागि आन्दोलनमा जाने र आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११औं महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme