बिज्ञापन

काठमाडौँ — नेपाली कांग्रेसका शीर्ष नेताहरू महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारको टुंगो लगाउन छलफलमै भएका बेला सत्ता गठबन्धनका नेताहरू पनि बालुवाटार पुगेका छन् । केहीबेर अघि मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छिरेका हुन् ।

स्थानीय निर्वाचनमा सत्ता गठबन्धनमा रहेका कांग्रेस र माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल भइरहेको छ । महानगरपालिका र उपमहानगरपालिकामा दलहरूले केन्द्रबाटै पदको भागबन्डा गरेका छन् ।

Advertisement

कांग्रेसले महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवार छान्न नसकिरहेका बेला गठबन्धनका नेता पुगेपछि उम्मेदवार चयनमा उनीहरूको समेत राय लिन खोजिएको हुन सक्ने एक नेताले बताए ।

अर्का एक नेताले बालुवाटारमा सत्ता गठबन्धनको बैठक भएका कारण दाहाल बालुवाटार गएको दाबी गरे । नेताहरूले त्यसबारे खुलाएका छैनन् ।

Advertisement