वृजराज कुशवाहा
नवलपरासी, २२ चैत
किसानकाे भरमा स्थापना भएका चिनी मिलले नै किसानलाइ बेवास्ता गर्न थालेपछि किसान नेताले विराेध जनाएका छन् । किसानकाे खेतमा उखु छाडदै लुम्बिनी चिनी मिल सुनवलले उखु क्रसिंग बन्द गरेपछि उखु किसान विचल्लीमा परेका हुन् ।
वर्षेनी कम्तिमा पनि ४ महिनासम्म सञ्चालन हुने चिनी मिल एक महिना पनि चलेन । विभिन्न नकारात्मक कारण दर्शाउदै अाएकाे उद्याेगपतिले अन्ततः मिल बन्द गरेका हुन । मिल बन्द गरेपछि हजाराें किसानकाे खेतमा रहृेकाे उखु बाली सुक्ने अवस्थामा पुगेकाे छ ।
जिल्लामा रहेका सबै ३ वटै चिनी मिलहरू २ महिना ढिलाे गरी चालु गरेका कारण धेरै उखु अहिले किसानकाे खेतमै छ । खेतमा उखु हुंदाहुंदै चिनी मिल बन्द गरिनु भनेकाे किसानलाइ धाेका दिएकाे हाे । यस अवस्थाामा जिल्ला प्रशासनले पहल गर्नुपर्ने हाे तर प्रमुख जिल्ला अधिकारीकाे निष्क्रियताले उद्याेगपतिले असमय मै लुम्बिनी चिनी मिल बन्द गरेकाे छ । मिल बन्द भएपछि १० हजार बढी किसान प्रभावित भएका छन् ।
सरकारकाे उदासिन नीतिका किसान मर्कामा परिरहदा किसानले उखु उत्पादनक कृषक समिति, राजनीतिक दल, सांसद, किसान नेताकाे अाशा गरेका थिए तर पनि मिल बन्द भयाे । जिल्ला प्रशासनलाइ किसानका साथै सराेकारवालाले अाग्रह गरे तर प्रशासन पनि माैन बसेकाे अाराेप छ ।
नेपाली कांग्रेसका महासमिति सदस्यद्वय अशाेक जंग राणा र अमिरूल्लाह अन्सारीले संयुक्त प्रेस विज्ञप्ति जारी गरी मिलकाे निरंकुश व्यवहार प्रति अापत्ति जनाएका छन् । किसानलाइ मिलले धाेका दिने अनि प्रशासन माैन बस्ने संस्कारकाे अन्त्य हुनु पर्ने माग गरिएकाे छ । नेपाल सरकारकाे नीति भित्र स्थापना भएका चिनी मिललाइ सरकारले नियन्त्रण नगरेका कारण समस्या उब्जिएकाे हाे । इन्दिरा सुगर मिलले किसानकाे गतवर्षकाे साढे ५ करेाड रकम भुक्तानी समेत नदिएकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
सरकारकाे उदासिनताले भविष्यमा संकट निम्त्याउने छ । किसानकाे उत्पादनकाे कुनै मूल्य प्रणाली नरहेकाे अवस्थामा बजारमा उद्याेगपतिकाे एकाधिकार बढदै गएकाे छ । मनपरि ढंगले यसवर्ष मिल ढिलाे गरि सुरू गरिएकाे, नगद भनेर पनि समयमा भुक्तानी नदिएकाे, गतवर्षकाे समेत किसानकाे रकम नदिएकाे अवस्थामा असमय मै मिल बन्द गरी किसानलाइ धाेका दिएकाे छ ।