नवलपरासीमा उखुबालीमा अागजनी

148

संजय कुशवाहा, ३० कात्तिक ।

पश्चिम नवलपरासीकाे प्रतापपुर गाउपालिका वडा न.६ हरपुरका कृषक गोपाल यादवको उखुबारीमा अागलागी हुंदा २ कठ्ठा क्षेत्रफलमा रहेकाे उखुबाली जलेर नष्ट भएकाे छ ।

सांधमा रहेका जन्त्री यादवले आफनो खेतमा उखुको पात जलाउदा खेतसंगै गोपाल यादवको खेतमा अागाे सल्किएकाे स्थानीयले बताएका छन ।

दिउँसो करिब ३ बजे तिर भएकाे अागजनी सशस्त्र प्रहरी बोडर आउट पोष्ट गुठी परसौनीका सशस्त्र प्रहरी र स्थानीयकाे सहकार्यमा आगो नियन्त्रणमा लिएकाे हाे ।

आगलागीबाट करिब २० हजारकाे क्षति भएकाे सशस्त्र प्रहरी बोडर आउट पोष्ट गुठी परसौनीका प्रहरी निरिक्षक माधव पण्डितले बताए ।