-7.4 C
New York
Wednesday, January 22, 2025

Buy now

spot_img
spot_img

इजरायलमा ज्यान गुमाएकामध्ये ५ जना विद्यार्थीकाे शव प्राप्त : नेपाली दूतावास

spot_img
spot_img

काठमाण्डाै – प्यालेस्टिनी विद्राेही समूह हमासले इजरायलमा गरेकाे आक्रमणमा परि ज्यान गुमाएका १० मध्ये ५ जना विद्यार्थीकाे शव सरकारले प्राप्त गरेकाे छ ।

तेल अभिभमा रहेकाे नेपाली दूतावासले एक विज्ञप्ति निकालेर यसबारे जानकारी दिएकाे हाे । आक्रमणमा ज्यान गुमाएकामध्ये नारायणप्रसाद न्याैपाने, लाेकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र आशिष चाैधरीकाे शव प्राप्त भएकाे दूतावासले जनाएकाे छ ।

‘सिडट निजेभ एग्रिकल्चर सेन्टर’ अन्तर्गत किब्बुज अलुमिममा प्रशिक्षणरत रहेकै बेला हमासकाे आक्रमणमा परि १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । आक्रमणमा परि ज्यान गुमाएका अन्यकाे शव प्राप्त हुने क्रममा रहेकाे पनि दूतावासले जनाएकाे छ ।

यस्तै उपलब्ध संयन्त्रहरूकाे प्रयाेग गरी सम्पर्कविहीन रहेका विपिन जाेशीकाे खाेजी भइरहेकाे विज्ञप्तिमा उल्लेख छ । आक्रमणमा परि घाइते भएका ४ मध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएका र २ जनाकाे उपचार भइरहेकाे दूतावासले जनाएकाे छ । 

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme