1.1 C
New York
Monday, January 13, 2025

Buy now

spot_img
spot_img

इजरायलद्वारा गाजावासीलाई घर छाड्न चेतावनी: विद्युत्, इन्धन र सामान आपूर्ति नगर्ने

spot_img
spot_img

काठमाण्डौ – इजरायलले गाजावासीलाई घर छाड्न चेतावनी दिएको छ । हमासले गरेको आक्रमणलाई प्रतिशोध गर्ने भन्दै इजरायलले गाजामा बसिरहेका नागरिकलाई घर छाड्न चेतावनी दिएको हो । गाजाका मानिसहरू ज्यान जोगाउन सम्भव प्रयास गरिरहेका छन् । दक्षिण इजरायलमा साइरनका आवाजहरू सुनिएको छ । इजरायलको सेनाले देशभित्रका कैयौँ ठाउँमा लडाइँ चलिरहेको बताएको छ । गाजामा ज्यान गुमाउनेको सङ्ख्या २ सय ५० भन्दा धेरै पुगेको विभिन्न विवरणलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले विज्ञप्तिमार्फत् गाजामा विद्युत, इन्धन र सामानको आपूर्ति बन्द गर्ने जनाएको छ । गाजाबाट प्रहार गरिएका रकेट निस्तेज पार्न इजरायलले डोम एन्टी मिसाइल प्रविधिको प्रयोग गर्दै आएको छ । प्रधानमन्त्री नेतान्याहुले आफ्ना नागरिकलाई एउटा ‘लामो र अप्ठेरो युद्ध’ लडिरहेको बताउनुभएको छ । प्यालेस्टाइनी लडाकू समूह हमासले हिजोदेखि इजरायलमा हवाई, समुद्री र स्थल आक्रमण थालेको हो ।

अमेरिका, भारत र ईयूलगायत विश्व समुदायले यो आक्रमणको भर्त्सना गरेका छन् । विश्व समुदायले युद्ध अन्त्य र स्थायी शान्ति कायम गर्न दुवै पक्षसँग आह्वान पनि गरेका छन् । इरानले भने हमास समूहले इजरायलमाथि गरेको आक्रमणको समर्थन गरेको छ । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीका वरिष्ठ सल्लाहकारले आक्रमणलाई ‘गौरवपूर्ण अभियान’ भन्नुभएको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme