आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न।

52

 

सहबान अन्सारी

नवलपरासीको गुठी परसौनी वडा नं. ६ मा मुसहर जातिको आर्थिक,सामाजिक,तथा साँस्कृतिक अधिकार विषयक एक दिने अन्तरकृया कार्यक्रम आज सम्पन्न भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नं. ५ को आयोजनामा आयोजित कार्यक्रममा राष्ट्रिय मानव अधिकार अधिकृत अनिष कुमार पौडेलको अध्यक्षता तथा वडा नं. ६ का वडाध्यक्ष रामहरि उपाध्यायको प्रमुख अथित्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी ऊपाध्यायले मुसहर जातिका मानिसहरुको मौलिक अधिकार प्रति सबै बर्गका मानिसहरुलाई आ-आफ्नो दायित्व निर्वाह गर्न जरुरी रहेको बताऊनु भयो ।
साथै सबैको समान अधिकार रहेको हुदाँ आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार सबैले पाऊनु पर्ने कुरामा जोड दिनु भयो ।
सो कार्यक्रममा नगिना गुप्ता, सहिदुन निशा, सहबान अन्सारी, पार्वती अधिकारी, अल्सगिर हजाम,तुलसी उपाध्याय, दिपक ठाकुर लगायतहरुले बोल्नु भएको कार्यक्रमको संचालन साधना राजभरले गर्नु भएको थियो ।