श्याम थापा, सुस्ता ९ पुष ।
स्थानीय तहका जनप्रतिनिधिहरुलाई आर्थिक साक्षरता तथा बजेट उत्तरदायित्व सम्बन्धि दुई दिने क्षमता बिकास तालिम आज बाट नवलपरासी सुस्ता गाउँपालिकाको वार्ड न ४ नर्सहीको सभा हलमा सुरु भएको छ ।
इन्द्रेणी सामाजिक बिकास मञ्च बर्दघाट नगरपालिका ९ भुताहाको आयोजनामा र एक्सन एड नेपालको सहयोगमा भएको दुई दिने तालीममा सुस्ता गाउँपालिकाको वार्ड न १ देखि वार्ड न ५ र बिनयी त्रिबेणि गाउँपालिका वार्ड न ६ र ७ का वडा अध्यक्ष लगायत ४ जना सदस्यहरुको सहभागिता रहेको छ ।
करिब ३५ जना जनप्रतिनिधिहरुको सहभागितामा भएको आर्थिक साक्षरता तथा बजेट उत्तरदायित्व सम्बन्धिको तालीमको सहजीकरण इन्द्रेणी सामाजिक बिकास मञ्चका कार्यकारी निर्देशक बद्री प्रसाद सुबेदीले गर्नु भएको हो ।
त्यस्तै प्रतापपुर गाउँपालिकाको जनप्रतिनिधिहरुलाई पनि प्रतापपुर गाउँपालिकाको बेलाटारीमा आर्थिक साक्षरता तथा बजेट उत्तरदायित्व सम्बन्धि दुई दिने तालिम आज बाट सुरु भएको छ ।
तालीममा प्रतापपुर गाउँपालिकाका जनप्रतिनिधिहरुको सहभागिता रहेको छ भने तालिमको सहजीकरण इन्द्रेणी सामाजिक बिकास मञ्च द्वारा संचालित स्थानीय अधिकार कार्यक्रमका संयोजक बिमल चन्द्र घिमिरे र स्थानीय अधिकार कार्यक्रम अधिकृत नारायण दत्त घिमिरेले गर्नु भएको हो ।