-10.7 C
New York
Wednesday, January 22, 2025

Buy now

spot_img
spot_img

आधारभुत स्वास्थ्य सेवा केन्द्रकाे भवन तथा प्रयोगशाला सेवाकाे उद्घाटन

spot_img
spot_img

पप्पु रेग्मी, बर्दघाट।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ४ मा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन तथा प्रयोगशाला सेवा केन्द्रकाे  बुधबार बर्दघाट नगर पालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले भवन तथा प्रयोगशाला सेवा उद्घाटन गर्नुभएको हो ।  

बर्दघाट नगर प्रमुख श्रेष्ठले केन्द्रले निःशुल्क प्रयोगशाला सेवा प्रदान गरेकाले निःशुल्क सेवा लिन सबैमा आग्रह गर्नुभयो । बर्दघाट नगरमा सबै भन्दा बढी जनसंख्या वडा नम्बर ४ मा भएको भन्दै प्रयोगशाला सेवा बारे नागरिकहरुलाई जानकारी गराउन र धेरै भन्दा धेरै सेवा दिन कर्मचारीहरुलाई निर्देशन गर्नु भएको थियो ।

कार्यक्रमकाे अध्यक्ष तथा बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बेदविना तिवारीले केन्द्रबाट गुणस्तरिय सेवा प्रदान गर्नकोलागि आफूहरु प्रतिबद्ध रहेको बताउनुभयो । यस प्रयोगशालाबाट खकार, दिशा, पिसाब लगायतका २२ प्रकारका परिक्षणहरु निःशुल्क सेवा प्रदान गरिने केन्द्रकी प्रमुख जनस्वास्थ्य निरिक्षक सुदिपा शर्माले जानकारी दिनुभयो ।

त्यस्तै केन्द्रले सम्पुर्ण खोप सेवा, पोषण सेवा, आइरन चक्की, जुकाको औषधि लगाएतको सेवा प्रदान गर्दै आएको शर्माले बताउनुभयो । उद्घघाटन कार्यक्रममा बर्दघाट नगरपालिका वडा नं. ४ काे वडा सदस्य मन्जु चालिसेले स्वागत गर्नुभएको कार्यक्रमकाे आधारभूत स्वास्थ्य सेवा केन्द्र बर्दघाट ४ का कार्यलय प्रमुख तथा ब्यवस्थापन समितीकाे सचिब सुदिपा शर्माले कार्यक्रम सन्चालन गर्नु भएको प्रयोगशालाकर्मी जीवन न्याैपानेले बताउनुभयो ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme