2.2 C
New York
Saturday, February 14, 2026

Buy now

spot_img
spot_img

आज लाग्दैछ सूर्यग्रहण, कहाँबाट देखिन्छ ?

- Advertisement -

काठमाडौँ ।

आज सूर्यग्रहण लाग्दैछ तर नेपालबाट देख्न सकिने छैन। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार नेपालमा ग्रहण नदेखिने भएकाले यहाँ सुतकको नियम लागु नहुने जनाएको छ।

धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका भनाइमा, नेपाली आकाशमा ग्रहण नदेखिएमा त्यसको प्रभाव पनि नपर्ने शास्त्रीय मान्यता छ।

आजको सूर्यग्रहण न्यूजिल्याण्ड, अष्ट्रेलिया, फिजी, टोङ्गा र अन्टार्कटिकाबाट मात्र अवलोकन गर्न सकिनेछ।

यसअघि भदौ २२ गते राति पूर्ण खग्रास चन्द्रग्रहण लागेको थियो। प्रचलित मान्यता अनुसार सूर्यग्रहण औँसी तिथिमा र चन्द्रग्रहण पूर्णिमामा लाग्छ। चन्द्रमा, पृथ्वी र सूर्य एउटै रेखामा पर्दा ग्रहण लाग्ने गर्छ—पृथ्वीको छायाँमा चन्द्रमा पर्नासाथ चन्द्रग्रहण र चन्द्रमाको छायाँ पृथ्वीमा पर्नासाथ सूर्यग्रहण देखिन्छ।

चन्द्रग्रहण विश्वभरका मानिसले देख्न सक्छन्, तर सूर्यग्रहण भने पृथ्वीको सीमित भूभागमा मात्र देखिने भएकाले धेरैले अवलोकन गर्न पाउँदैनन्।

वैज्ञानिक दृष्टिले, चन्द्रग्रहण पूर्णतया सुरक्षित भएकाले खुला आँखाले हेर्न मिल्छ। तर सूर्यग्रहण हेर्दा आँखा सुरक्षित राख्न विशेष सावधानी अपनाउनुपर्ने चेतावनी दिइन्छ।

यसैबीच, यस वर्ष फागुन १९ गते फागु पूर्णिमाका दिन खण्डग्रास चन्द्रग्रहण लाग्ने पञ्चाङ्गमा उल्लेख छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme