आगलागी हुदा घर जलेर नष्ट

19

संजय कुशवाहा, रबिन्द्र यादव/नवलपरासी माघ २० ।

नवलपरासीको गुठी परसौनीमा आज शनिवार साझ आगलागी हुदा एक घर जलेर नष्ट भएको छ ।

प्रतापपुर गाउँपालिका वडा न.६ गुठी परसौनीका भिम डोमको घर जलेर पुर्ण नष्ट भएको हो । डोमको घरमा साझ खाना पकाउदा घरमा आगो लागेको स्थानीयले बताए ।

आगलागीबाट ८ वटा हास, नगद ३० हजार, दुई थान साईकिल, एउटा मोबाइल, खाद्यान्न, लत्ताकपडा, महत्वपूर्ण कागजात लागायतका सामानहरू जलेर नष्ट भएकाे गुठी परसौनी प्रहरी चौकीका असई घनश्याम रिमालले जनाएका छन ।

आगो लागेकाे खबर पाइ स्थानीयाबसीन्दा र प्रहरीले अागाे नियन्त्रणमा लिएका थिए । रक्सी सेवन गरी नशाले धुत्त भएका डाेम अाफैले अाफ्नाे घरमा अागाे लगाएकाे हुनसक्ने अाशंका गरिएकाे छ । प्रहरीले अनुसन्धान थालेकाे छ ।