-10.6 C
New York
Tuesday, January 21, 2025

Buy now

spot_img
spot_img

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

spot_img
spot_img

काठमाडौं । प्रहरीले विभिन्न स्थानबाट अवैध लागूऔषध बरामद गरि कार्वाही चलाएकाे छ ।

बर्दिया, बढैयाताल गाउँपालिका-७ कर्णालीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ३० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका-२ शक्तिनगर बस्ने २९ वर्षीय कर्म जित शाहीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम सहित सोही महानगरपालिका-१५ बस्ने २१ वर्षीय सेफ्ला अन्सारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ९० मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-११ नयाँ बसपार्क गिरीबन्दु टोल बस्ने ४८ वर्षीय रविन तामाङलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेको मे.११ प ३९९४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

पाँचथर, फिदिम नगरपालिका-१ बुद्धमार्गबाट अवैध लागूऔषध गाँजा करिब १ सय ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १६ क्याप्सुल सहित तुम्वेवा गाउँपालिका-३ बस्ने १९ वर्षीय विवश सम्वाहाम्फे समेत २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme