अवैध असुलीकाे अखडा बन्दै महेशपुर भन्सार

30
नन्दु यादव, असाेज १२ बेलाटारी ।
नवलपरासी जिल्लाका सिमावर्ती नाकामा रहेका भन्सार कार्यालयहरुमा सुबिधाकाे नाममा भन्सार कर्मचारीले मनाेमानी रुपमा रकम असुली गरिरहेका छन ।
भारतीय गाडीहरुलाई नेपालमा जिल्लाकाे निश्चित दुरिसम्म पुग्न नेपाल सरकारले निशुल्क सुबिधा पत्रबाट अावत जावत गर्न सकिने ब्यवस्था हुदा समेत भन्सारका कर्मचारीहरुले सुबिधा पत्र बनाए बापत रकम असुली गरिरहेकाे गाेरखपुरकाका सन्ताेष कसाैधनले जानकारी गराउनुभयाे ।
भारतीय माेटर साईकलकाे सुबिधापत्र बनाए वापत १० रुपैया र चारपान्ग्रे गाडिकाे सुबिधा पत्र बनाए बापत ५० देखि १०० भारतीय रुपैयासम्म कर्मचारीहरुले लिईरहेकाे बताईएकाे छ ।
जिल्लाकाे महेशपुर भन्सार कार्यालय, भुजहवा छाेटि भन्सार कार्यालय, गुठिप्रसाैनी, त्रिबेणी, गेर्मी लगायतका छाेटि भन्सार कार्यालयहरुकाे कर्मचारीहरुले रकम असुली गरिरहेकाे बताईएकाे ।
नेपाल सरकारले भारतिय गाडिहरुकाे अावतजावतमा सहज नितिनियम बनाए तापनि कार्यालयका कर्मचारीहरुबाट भारतीय पिडित रहेकाे कसाैधनले बताउनु भयाे । पटक पटक नेपाल अाउदा सधै अाफुहरुसंग सुबिधा बनाए बापत कर्मचारीहरुले पैसा लिईरहेकाे बताईएकाे छ ।
पटक पटक स्थानिय प्रहरीलाई जानकारी गराउदा पनि प्रहरी बेवास्ता गरेकाे पिडितहरु बताउछन । लामाे समयदेखि नै याे समस्या समाधान नहुदा कर्मचारी र प्रशासनकाे मिलेमताे रहेकाे अाशंका गरिएकाे स्राेतले जनाएकाे छ ।