21.7 C
New York
Saturday, September 14, 2024

Buy now

spot_img
spot_img

अर्थराजनीति र आर्थिक सँकट

spot_img
spot_img
बलिराम गुप्ता, पश्चिम नवलपरासी ।

“हामी विश्वको दोस्रो मोबाइल फोन उत्पादनकर्ता हौ , विश्वको तेस्रो हुन लागेको र तिव्र गतिमा बिकसित भइरहेको अर्थतन्त्र हो हाम्रो मुलुक । ” यी भनाई कुनै नेपाली नेताहरुको होइन, यो भनाई भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी को हो, उनी स्कुलको एक कार्यक्रममा यस्ता तथ्याँकहरु भन्दै थिए ।

हुन त नरेन्द्र मोदी एक अब्बल आर्थिक कुटनीतिका खेलाडी मानिन्छन् । नेपालका दुई छिमेकी राष्ट्रहरुले आर्थिक रुपमा फड्को मारिरहदाँ नेपालमा दुई किलो चिनीको लागि घन्टौ लाइन लाग्नुपर्ने अवस्था छ । पचासौँ वर्ष पहिला नेपालले भारतमा चामल निर्यात गर्दथ्यो तर आज नेपालमा चामल भारतबाट ल्याँइन्छ । उत्पादनको क्षेत्रमा नेपालले धेरै प्रगति गर्न सकिरहेको छैन ।

यति भनिरहदाँ नेपालमा विभिन्न सम्भावनाहरु रहेका छन् भनी विज्ञहरु भन्दछन् । नेपाल दुई शक्तिशाली राष्ट्रहरुको बिचमा अवस्थित मात्रै छैन, चाहे लाभ लिन सक्थ्यो । तर जनशक्ति तथा प्रविधिको आयात गर्नुपर्नेमा त्यो फाइदा लिएको देखिदैन । जे जस्तो विचार अभिव्यक्त गरे पनि नेपालको अर्थ राजनिति सही दिसामा छ त भन्ने प्रश्न उब्जिन्छ । किनभने राजनीति सही दिसामा गएको भए यत्रो मात्रामा कर्मठ युवाहरु विदेश पलायन हुदैन्थे । यसले के प्रष्ट पार्दछ कि युवाहरु नेपालबाट निराश भएरै विदेश पलायन भएका हुन् ।

पुर्वाधारहरुको निर्माण
विभिन्न प्रश्नहरु उत्पन्न हुन्छन् , के नेपालमा यथेष्ठ सम्भावना छैन ? पक्कै पनि नेपाल एक मन लोभ्याउने सुन्दर, शान्त देश हो । यहाँ प्रचुर सम्भावना छ । केही तथ्याँकहरु केलाउँदा विश्वको दोस्रो ठुलो जलस्रोतको धनी देश, प्रचुर पर्यटन क्षेत्रमा सम्भावना बोकेको देश र यहाँ जडीबुटीलाई प्रोसेसिङ गरेर निर्यात गर्न सकिने मुलुक तर ती विज्ञहरुको भनाईहरुमा मात्रै सिमित बनेका छन् ।

नेपालको विकास गति कहालीलाग्दो स्थितिमा छ । नेपालमा दिइएको ठेक्का समयमा पुरा नै हुने गर्दैन, चाहे त्यो गौतम बुद्ध हवाइअड्डा होस् वा महेन्द्र राजमार्ग वा तराइकाे लाइफ लाइन मानिने हुलाकी राजमार्ग । परासीदेखि त्रिवेणी हुलाकी सडकको अवस्था पनि बिजोग छ । विशेष गरेर हुलाकी परियोजनाको कार्य धेरै ढिलासुस्ती देखिन्छ । के यसरी पर्यटनको विकास वा देशको विकास छिटै हुन्छ भन्ने कल्पना गर्न सकिन्छ ?

कुनै पनि ठेक्काको समय बढाउँदा लागत पनि बढ्छ । त्यसकारण यस्तो अवस्थाको लागि राज्यले कठोर कानुन बनाउनै पर्छ । कुनै पनि पुर्वाधारका कामहरु समयमै सम्पन्न नहुनुको पछाडि सही कानुनको पनि अभाव हो । हामी राजनितिलाई मात्रै दोष दिने गर्दछौं तर यहाँ पद्धतिको पनि खडेरी छ । पुर्वाधारको विषयमा नेपाल सरकारले धेरै पाटोमा चुक्ने गरिरहेको छ भनी पुर्वाधार विज्ञहरु दावी गर्दछन् ।

नेपालमा हेर्ने हो भने ठुला ठुला प्रोजेक्टहरु विदेशी कम्पनीहरु लाई दिने गरिएको पाइन्छ । यो विषयमा हेर्ने हो भने दक्षिण कोरियाको उदाहरण लिन सक्छौ उसले ठुला ठुला प्रोजेक्टहरु विदेशी कम्पनिलाई दिनुको सट्टा देशकै कम्पनीहरुलाई दिएर दक्षिण कोरिया विकासमा तीव्र गतिमा फड्को मारेको थियो । नेपालमा अहिले हेर्ने हो भने दुई अन्तर्राष्ट्रिय एयरपोर्ट बनाएर पनि उपलब्धि बिहिन बन्न पुगेको छ यो राज्यलाई ठुलो घाटा हो ।

नेपालका युवाहरुलाई खाडीमा पठाउनु भन्दा ती युवाहरुको श्रमको प्रयोग गरेर देशको ठुलो ठुलो प्रोजेक्टहरु निर्माण गर्नुपर्दछ नकि विदेशी राष्ट्रहरु लाई दिएर । दक्षिण कोरिया आज त्यसको उदाहरणको रुपमा रहेको छ । देशको आफ्नै जनशक्तिहरुको श्रम र सिपको उत्थान र विकास गर्नुपर्दछ । यसरी देश समृद्ध हुन्छ । चाहे त्यो सिगांपुर होस वा दक्षिण कोरिया अथवा मलेसिया यी राष्ट्रहरुले श्रम, सिप र आर्थिक कुटनितिले समृद्ध बनेका छन् । पाँच, छव दशक अगाडी नेपाल भन्दा गरिब हुने खाडी राष्ट्रहरु कसरी समृद्ध भए त यसका पछाडी असल राजनितिक व्यक्तिहरु भएर हो ।

चाहे महाथिर मोहम्मद होउन वा लि क्वान होउन्, ती असल राजनीतिकर्मीहरुको कारणले समृद्ध भएको हो । विज्ञ र व्यवसायीहरु के दावी गर्दछन् भने नेपालको नीति, कानुनहरु व्यवसाय अनुकुल छैन त्यसकारण व्यवसायीहरु पनि लगानी गर्न डराइरहेको अवस्था छ । झन विदेशी लगानीकर्ताहरु लगानी पनि फिर्ता लगिरहेको अवस्था छ, यसको उदाहरण स्वरुप रुपन्देहीको कोटिहवामा रहेको टाइगर रिसोर्ट प्यालेसमा रहेको लगानी अस्ट्रेलियन नागरिकले बेचेर लगेका छन् । अरबौंको लगानी रहेको पर्यटन क्षेत्रमा बेचेर विदेशी लगानीकर्ता बाहिरिनु देशको लागि आर्थिक तथा वैदेशिक लगानीका लागि नराम्रो हो । अहिलेको नेपालको परिवेशमा बैदेशिक लगानी भित्र्याइनुपर्नेमा धेरै नै आवश्यक छ ।

निष्कर्षः
नेपाल पछिल्लो अवस्थामा इजी डुईङ बिजनेश ९४ स्थानमा रहेको छ । जसमा भारत ६३यौं स्थानमा रहेको छ । नेपालको सुचकाङ्क हेर्ने हो भने देशको व्यवसाय गर्नको लागि राम्रो मानिदैन् । यस्ता कुराहरुमा सरकारको ध्यान जानु अपरिहार्य छ । हाम्रो नेपाल गरिब हुनुपर्ने कारणमा पर्दै पर्दैन । मात्रै के हो भने स्रोतहरुको सही परिचालन नहुनु र राजनीति एउटा सही प्रणालीमा नचल्नु भनी विज्ञहरु दाबी गर्दछन् ।
देशको समृद्धिका लागि आज सम्पुर्ण राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनैपर्ने आवश्यकता छ । व्यवसाय अनुकुल नीतिहरुको निर्माण गर्नुपर्ने पनि आवश्यकता देखिन्छ । अनि मात्रै देश समृद्ध हुन्छ । (लेखक गुप्ता अर्थ, शिक्षा र कुटनीतिक क्षेत्रमा कलम चलाउदै आइरहेका छन् ।)

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme