नवलपरासी
पाँच सय वर्ष पुरानो अयोध्या विवादमा भारतीय सर्वाेच्च अदालतले हिन्दूको पक्षमा फैसला सुनाएको छ। सर्वाेच्च अदालतले मुस्लिम समुदायलाई अयाेध्या कै फरक स्थानमा जमिनको व्यवस्था गरिदिन पनि आदेश दिएको छ।
भारतीय सर्वाेच्च अदालतका मुख्य न्यायाधीश रन्जन गोगोईको अध्यक्षतामा बसेको पूर्ण बेन्चले उक्त फैसला सुनाएको हो।
गोगोईले यो सर्वाेच्चको यो आदेश कुनै धार्मिक भावनाले नभइ कानुनी रुपमा सुनाइएको बताएका छन्।
यो फैसलाका लागि अयोध्या विवादको मुद्दामा सर्वाेच्च अदालतमा लगातार ४० दिनसम्म बहस भएको थियो।
अयोध्याको जमिनको स्वामित्व विवादलाई लिएर पहिलोपटक कानुनी लडाई १ सय ३५ वर्षपहिले अर्थात् १८८५मा सुरु भएको थियो।
यो विवाद ९० को दशकमा सबै भन्दा धेरै उग्र रूपमा देखियेको थियो। यस विवादको मूल मुद्दा भगवान रामको जन्मभूमि र बाबरी मस्जिदबीचकोे।
त्यो बेला बाबरी मस्जिद भत्काएर राम मन्दिर बनाइएको थियो वा मन्दिर भत्काएर मस्जिद बनाइएको थियो भन्नेबारेको विवाद अहिले पनि कायमै छ।
राम जन्मभूमिको इतिहास मुस्लिम शासक बाबर १५२७ मा फरगना देखि सुरु भएको देखिन्छ। उनले चित्तौरगढको हिंदू राजा राणा संग्राम सिंहलाई फतेहपुर सिकरीमा परास्त गरेका थिए।
बाबरले आफ्नो युद्धमा तोपहरू र गोलाहरूको प्रयोग गरेका थिए। जितपछि उनले त्यो क्षेत्रको जिम्मेवारी र बाँकी काम सक्नका लागि मीर बान्कीलाई जिम्मेवारी दिएका थिए।
त्यसपछि मीरले त्यस क्षेत्रमा मुस्लिम शासन लागु गरे। उनले धेरै हिन्दूहरुलाई नियन्त्रणमा लिएर यातनासमेत दिएको र नरसंहार मच्चाएको भनाई छ। उनले १५२८मा अयोध्यामा मन्दिर भत्काउन लगाएर मस्जिद बनाउन लगाएको कथन पनि छ।