अमेरीकामा प्रवासी नेपाली मञ्चद्वारा तिहार छठको शुभकामना कार्यक्रम

19

अमेरीका,२८ असोज ।

अमेरीकामा रहेका नेपालीहरुलाई प्रवासी नेपाल मञ्च (Overseas Nepalese Forum) ले दिपावली तथा तिहार, छठ एवम् ल्होसार पर्वकाे अवसर पारेर शुभकामना आदानप्रदान गरेकाे छ ।

अमेरीकाको म्यासाच्युसेस् राज्य कमिटिले आयोजना गरेको सो कार्यक्रममा बोस्टन स्थित हिमालयन बिस्ट्रो रेस्टुरेन्टमा शुभकामना आदानप्रदान एबम् रात्रीभोज रहेको थियो । कार्यक्रममा बोस्टन स्थित बिभिन्न संस्था एवम् मन्च सम्बद्ध परिवारको उपस्थिति रहेको थियो ।
कार्यक्रम उपस्थित अतिथि पाहुनाहरुलाई मन्चका केन्द्रिय सदस्यहरु बुद्दबज्र लामा, भीम प्रकाश ओली, पूर्व केन्द्रिय सद्स्य लीला रावत, म्यासाच्युसेस् राज्य कमिटीका अध्यक्ष राजकुमार थापा लगायत मन्चका पदाधिकारी एबम् सद्स्यहरुले शुभकामना मन्तव्य दिएका थिए । मन्चले हरेक बर्ष कोलम्बस डे को दिन शुभकामना आदनप्रदान कार्यक्रम गर्ने घोषणा समेत गरेको छ । त्यस्तै कार्यक्रममा एन आर एन बोस्टन च्याप्टरका अध्यक्ष बिष्णु कार्की, प्याब्फोनका महासचिब बिरोचन नेपाल, एन डब्लु जि एनका अध्यक्ष रूक्मिनी कार्की, हिमालयन लायन्स क्लब बोस्टनका अध्यक्ष राम थापाले शुभकामना मन्तब्य दिनु भयको थियो ।
कार्यक्रममा छिमेकी राज्य न्यू हाम्र्स बाट मन्चका केन्द्रिय सद्स्य मैया ढुंगाना, एन आर एन च्याप्टर सचिब कमल ढुंगाना र आकाश ओझा अतिथिको रुपमा उपस्थित हुनु भएको थियो । कार्यक्रममा बोस्टन स्थित बिभिन्न संस्था यबम् मन्च सम्बद्ध परिवारको उपस्थिति रहेको थियो । मन्चका केन्द्रिय सद्स्य भीम प्रकाश ओलीले सन्चालन गर्नु भयको सो कार्यक्रममा राज्य कमिटीका अध्यक्ष राजकुमार थापाले अथितिहरूलाई धन्यवाद् दिइ कार्यक्रमको समापन गर्नु भएको थियो । औपचारिक कार्यक्रम पश्चात डिजे सहितको नाचगान गरि रमाइलो गरिएको थियो । साथै, मन्चले हरेक बर्ष कोलम्बस डे को दिन शुभकामना आदनप्रदान कार्यक्रम गर्ने घोषणा समेत गरेको छ । प्रबासी नेपाली मन्च (Overseas Nepalese Forum) अमेरीका को यासाच्युसेस् राज्य कमिटी सदस्य अजय कुशवाहा ले जानकारी दिनु भयो ।