अपाङ्गता भएकालाइ सहयाेगी साधन

11

श्याम थापा, सुस्ता १२ माघ

सुस्ता गाउँपालिका प्रवक्ता एवंम सुस्ता गाउँपालिका वार्ड न २ का वडा अध्यक्ष कृष्ण लाल मुखियाको अध्यक्षता तथा सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेको प्रमुख अतिथ्यतामा सनिवार अपाङ्गता भएका ब्यक्तिहरुलाई सहयोग सामाग्री वितरण गरिएकाे छ । कार्यक्रममा उपाध्यक्ष इन्द्र कुमारी थरुनीको बिशेष अतिथ्यता रहेकाे थियाे ।

सुस्ता गाउँपालिकामा रहेका अपाङ्ग भएका ब्यक्तिहरु मध्ये बैशाखीको सहाराले हिड्न सक्ने २० जनालाई बैशाखी, व्हिल चेयरको सहाराले हिड्न सक्ने ४ जनालाई व्हिल चेयर, हातले टेकेर हिडन सक्ने ३ जनालाई लठ्ठी, कम सुन्ने ५ जनालाई इयरफोन, ३ जनालाई वाकर र आखा नदेख्ने ३ जनालाई सेतो लठ्ठी प्रदान गरिएकाे फिल्ड सुपरभाइजर सन्जित कुमार शर्माले बताए ।

अपाङ्गता भएकाहरू केही गर्न नसक्ने भन्ने मानसिकताको अन्त्य गर्नको लागी सुस्ता गाउँपालिकाको वार्ड न १ देखि ५ वडा गरि ६ जना अपाङ्ग ब्यक्तिहरुलाई ३ महिने बेसिक कम्प्युटर तालिम पनि सुस्ता गाउँपालिकामा संचालन गरिरहेको ए बि सि नेपालका फिल्ड सुपरभाइजर शर्माले बताउनु भयो ।