उमेश वि.क / सरावल, ५ असार ।
नवलपरासीको सरावल गाउँपालिका ३ पिपरामा अपांगता भएका ब्यक्तिहरुका हकअधिकारका लागि जनचेतनामूलक सडक नाटक अाज सम्पन्न गरिएको छ ।
ए.बि.सि नेपालकाे अायाेजना तथा स्ट्राेम फाउन्डेसनकाे सहयोगमा अपांगता भएका नागरिक समाजका सवै भन्दा पछाडी परेका र अपांगता भएका नागरिकलाई राज्यले दिएका अधिकार पुर्ण रुपमा कार्यान्वयन गराउन अपांता भएका ब्यक्तिहरुको हक अधिकार संरक्षण र प्रवर्धन गर्ने हेतुले नाटक गरिएको हाे।
साे नाटकमा भाेजपुरी पत्रकार हकहित संरक्षण संस्था नवलपरासी अध्यक्ष उमेश बि.क, समाजसेवी प्रदिप अग्रहरी , सरावल बाल सन्जाल अध्यक्ष सन्दिप बि.क, जिल्ला बाल सन्जाल सदस्य दुर्गा बि.क ए.बि.सि नेपालकी सहजकर्ता साइदा निशा, अनिता कहार, गाउबासि लगाएत ब्यक्तिहरुकाे सहभागीता रहेकाे थियो ।