12.7 C
New York
Monday, March 9, 2026

Buy now

spot_img
spot_img

अनाथ र अपांग ४८० छात्रछात्रालाई ८० लाख बढी छात्रवृत्ति

- Advertisement -

लुम्बिनी, मंसीर २ ।
विद्यालयमा पहुँच बढाउन र अध्ययनलाई सहज बनाउन लुम्बिनी एकीकृत विकास संस्था (लिडो) ले अनाथ, अपांग, गरिब तथा जहेन्दार गरी ४८० छात्रछात्रालाई ८० लाख रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरेको छ। यो कार्यक्रम कतार च्यारेटी को सहयोगमा सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको हो।

लिडोकी कार्यकारी निर्देशक सुनिता बेल्बासेका अनुसार हालसम्म ३०५ अनाथ र अपांग विद्यार्थीले छात्रवृत्ति पाइसकेका छन्। ३ देखि १८ वर्ष उमेर समूहका विद्यार्थीलाई न्युनतम ५ हजार ६६१ देखि अधिकतम १६ हजार ९८४ रुपैयाँसम्म त्रैमासिक दरले छात्रवृत्ति उपलब्ध गराइने बताइएको छ। यसअन्तर्गत कुल ८० लाख १० हजार ४४२ रुपैयाँ वितरण हुनेछ।

छात्रवृत्तिमा पहुँचका बारेमा उनले थप जानकारी दिँदै बाबु गुमाएका बालबालिकाले ३ वर्षदेखि ११ वर्षसम्म आवेदन दिन पाउने र योग्य ठहरिनेले १८ वर्षसम्म छात्रवृत्ति पाउने व्यवस्था रहेको बताइन्। लाभार्थीले बैंक खाता खोलेपछि रकम सोही खातामा नै पठाइने व्यवस्था छ।

कार्यक्रममा जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्य र शिक्षा तथा समन्वय इकाइका अधिकृत अर्जुन कुँवरको सहभागिता थियो। समन्वय प्रमुख आचार्यले आर्थिक अभावकै कारण धेरै विद्यार्थीले बीचमै पढाइ छोड्नु पर्ने अवस्थालाई रोक्न यो सहयोगले महत्वपूर्ण भूमिका खेलेको बताए।

लिडोका कार्यक्रम संयोजक रामनरेश चौधरीका अनुसार संस्था लामो समयदेखि अनाथ र अपांग विद्यार्थीलाई निरन्तर रूपमा छात्रवृत्ति प्रदान गर्दै आएको छ। छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीले यो सहयोगले अध्ययनमा ठूलो सहजता पुगेको प्रतिक्रिया दिएका छन्।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme