उमेश बि.क / सरावल, २ कार्तिक
अज्ञात पक्षले कार्तिक १ गते राति धारिलो हतियार प्रहार गर्दा सरावल गाउँपालिका-४ मंगलापुरका ४५ वर्षीय मंगरु हरिजन घाइते भएका छन् ।
घाइते हरिजनको उपचार मेडिकल कलेज (युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस) भैरहवामा भइरहेको छ ।
शुक्रबार राति पाैने १० बजे घरकाे अागनमा सुतिरहेको अवस्थामा अज्ञात पक्षको हतियार प्रहारबाट हरिजनको घाटिमा चोट लागेको सरावल गाउँपालिका-४ का वडा अध्यक्ष छाेटेलाल यादवले जानकारी दिनुभएको हाे ।
आक्रमण कसले र किन गर्यो भन्ने विषयमा अनुसन्धान थालिएको प्रहरीचाैकि गाेबरहियाका इन्चरार्ज सिबि अाेलिले जानकारी दिनुभएको छ।
घटनामा संलग्नहरूको खोजी थालिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका इन्सपेक्टर महेश्वर उपाध्यायले बताए । अपराधीलाई कुनै पनि हालतमा हामी उम्कन दिदैनौं,’ उनले भने, ‘हामी अपराधीलाई पक्रन सक्रिय भएर लागेका छौं।’