काठमाडौ । भोजपुरी नायिका आकांक्षा दुबेले बनारसको एक होटलमा आत्महत्या गरेकी छिन् ।
सारनाथ थाना क्षेत्रको सोमेन्द्र होटलमा मोडल तथा नायिका आकांक्षा दुबेले झुन्डिएर आत्महत्या गरेकी हुन् ।
आकांक्षाले ‘वीरों के वीर’ र ‘कसम पैदा करने वाले की २’ नामको फिल्ममा काम गरेकी थिइन् । आज २६ मार्चमा नै भोजपुरी अभिनेता पवन सिंहसँग उनको नयाँ गीत रिलिज भएका छन् । यो गीतको नाम ‘आरा कभी हारा नहीं’ हो । नायिकाले आत्महत्या गर्नुको कारण भने खुलेको छैन ।
मुम्बईमा पढेपछि आकांक्षाले आफ्नो करियर फिल्ममा सुरु गरेकी थिइन् । रिपोर्टका अनुसार १७ वर्षको उमेरमा आकांक्षा दुबेले भोजपुरी सिनेमामा कदम राखेकी थिइन् । यहाँ उनले निर्देशक आशी तिवारीसँग केही काम गरिन् ।
सन् २०१८ मा आकांक्षा डिप्रेसनमा गएकी थिइन् । त्यसपछि उनले फिल्मी पर्दाबाट दुरी बनाएकी थिइन् । उनले भनेकी थिइन्, ‘नयाँ कलाकारलाई नयाँ जस्तो व्यवहार गरिँदैन ।





