भारत बेच्न लैजाने क्रममा २ जना दलाल सहित ३ जना युवती पक्राउ

6

श्याम थापा, सुस्ता ७ मंसिर ।

नेपाली युवतीहरूलाई बेचबिखनका लागि भारत लैजाने क्रममा नवलपरासी जिल्लाको त्रिबेणि ब्यारेजमा नेपाल प्रहरीले २ जना दलाल सहित ३ जना युवतीहरूलाई पक्राउ गरेको छ ।

नेपालभारत दुबै देशकाे नागरिकता भएको नवलपरासी जिल्लाको गोपिगन्ज घर बताउने हरि बहादुर बिक. र नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका बस्ने राजकुमारी बिकले सिन्धुपाल्चोक बस्ने बर्ष २० कि नरमाया तामाङ, सिन्धुपाल्चोक बस्ने वर्ष १९ की निरमाया तामाङ र बुटवल बस्ने वर्ष ३४ की लिला गुरुङलाई भारतको मुम्बईमा बिक्री गर्न भनेर लैजादै गर्दा त्रिवेणी प्रहरीका जवान उषा गायकले पक्राउ गरेका हुन ।

पक्राउ परेका दुबै दलाल सहित ३ जना युवतीहरुलाई ईलाका प्रहरी कार्यालय त्रिबेणीमा राखीएको राष्ट्रिय अनुसन्धान बिभागको विशेष सुत्रले जानकारी दिएकाे छ । पक्राउ परेका हरि बाहादुर बिक र राजकुमारी बिकले अहिले सम्म २० वटा भन्दा बढी नेपाली चेलीहरुलाई भारत लगेर बिक्री गरिसकेको ईलाका प्रहरी कार्यालय त्रिबेणिका प्रहरी नायब निरीक्षक हरि धोबीले बताउनुभएको छ ।