दाङ, ७ मंसिर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि सरकार गठन गरेर पार्टी एकीकरण हुने बताउनु भएको छ । नेपाल पत्रकार महासंघ दाङले आज बिहिवार घोराहीमा गरेको पत्रकारं सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले निर्वाचनमा बाम गठबन्धनको पक्षमा स्पष्ट मत आउने भन्दै सरकार गठन पहिले गर्ने बताउनु भयो ।
दाङलाई ५ नम्बरको प्रदेशको राजधानिको विषयमा सोधिएको प्रश्नको जवाफमा एमाले अध्यक्ष ओलिले भन्नुभयो–‘जहा गयो त्यही राजधानि भनेर हिड्ने म होइन्, दाङलाई राजधानि बनाउने विषयमा नकारात्मक छैन, सकारात्मक नै छु, मैले भन्ने कुरा निर्णय जस्तै हुन्छ, पार्टिको अध्यक्ष भएको हिसावले म निर्णय गर्ने ठाउमा छु, उपयुक्त निर्णय गर्छु, दाङप्रति पहीलेदेखी नै नजिक छु, मायाँ पनि गर्छु’ ।
त्यसैगरेर पत्रकार सम्मेलनमा अध्यक्ष ओलिले ५ नम्बर प्रदेशको मुख्यमन्त्रिका वारेमा धेरै टिकाटिप्पणि आवश्यक नरहेको बताए । उनले भने–‘म जिम्मेवारी पार्टिको अध्यक्ष भएको नाताले वोलिसकेको कुरा फेरीफेरी वोलिरहनुपर्छ र ? तपाइहरुले देखीरहनु भएको छ, जनतालाई थाहा भइसकेको कुरा हो ।
’पत्रकार सम्मेलनमा यसो भनिरहदा आफ्नो नजिकै बसेका एमाले स्थायि समिति सदस्य शंकर पोख्रेलतर्फ इङ्गित गर्दै अध्यक्ष ओलिले भने–मैले यसअघि जे वोलेको छु, तपाइहरुले जे लेख्नु भएको छ, जे वोल्नु भएको छ, त्यही हो’
फरकम प्रसंगमा अध्यक्ष ओलिले दुई ठुला पार्टीले पार्टी एकीकरण प्रयास स्वरुप चुनावी तालमेल गरेको भन्दै पार्टी एकीकरणमा शंका नगर्न आग्रह गरे । चुनावी तालमेलपछि पार्टी एकीकरणको प्रयास नभएको स्पष्ट पार्दै अध्यक्ष ओलीले सरकारको नेतृत्व कसले गर्ने भन्ने बारे केही बोलेनन् ।
पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै अध्यक्ष ओलीले प्रदेशका राजधानी र मुख्य मन्त्रीका विषयमा भने आफु निर्णय गर्ने स्थानमा भएकाले अहिले नै मुख खोल्न आवश्यक नरहेको औल्याए ।
पत्रकार सम्मलेनमा नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व गरीरहेका नेत्र विक्रम चन्द विप्लवलाई राजनीतिक लडाई सकिएको भन्दै आर्थिक समृद्धिका लागि निर्वाचन भइरहेको र निर्वा चनलाई लक्षित गरेर विरोधका कार्यक्रम नगर्न आग्रह समेत गरे । संविधान मार्फत् जनताका अधिकार सुनिश्चित भएको भन्दै अध्यक्ष ओली चुनाव विरोधी कार्य गरेर जनताका अधिकार नखोस्न आग्रह गरेका थिए ।
पुर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले नेपाली काँग्रेसले केही स्थानमा विप्लव नेतृत्वका नेता कार्यकर्तासंग साठगाठ गरेको आरोप लगाए । सत्ताको नेतृत्व र चुनावको विरोध गर्नेहरुका बीच सम्बन्ध रहेको भन्दै क सैले केही गरे पनि निर्वाचन रोकीन नसक्ने दावी गरे ।