नवलपरासी । जिल्लाकाे पाल्हीनन्दन गाउँपालिका पडरी गाउँमा सुक्रवार दिउंसाे आगलागी हुंदा १४ परिवारकाे घरगाेठ जलेर नष्ट भएकाे छ ।
दिउंसाे करिब ४ बजेकाे समयमा एक स्थानीय पसलबाट सल्केकाे आगाेले पाल्हीनन्दन गाउँपालिका वडा नं. ६ पडरी गाउँका चन्द्रिका धाेबी, चन्ना धाेबी, भिखारी धाेबी, रामवृक्ष धाेबी, बुलाकी धाेबी, कमरूद्दीन अन्सारी र राजेश धाेबीकाे घरगाेठ जलेर नष्ट भएकाे ६ नं. वडाका वडाध्यक्ष कृष्णचन्द यादवले बताए ।
त्यस्तै, केश महम्मद, इजहार अन्सारी, अहमद अन्सारी, नुरूलहाेदा पठान, इद्रिश पठान, र काेइल पठान गरी १४ जनकाे घरगाेठमा समेत क्षति पुगेकाे बताइएकाे छ । घरमा रहेकाे गरगहना, कपडा, नगद लगायतका मालवस्तु जलेर नष्ट भएकाे छ ।
वडाध्यक्ष यादवका अनुसार बिहेकाे तयारीमा रहेकाे परिवारकाे समेत सबै घरायशी मालसामान जलेर नष्ट भएकाे छ । स्थानीयका घरमा रहेका ७ वटा बाख्रा, बिरालाे समेत मरेका छन् भने माेटरसाइकल लगायतका समान नष्ट भएकाे छ ।
दिउंसाे लागेकाे आगाे निभाउनका लागि मंगाइएकाे रामग्राम नगरपालिकाकाे दमकलले नसकेपछि बर्दघाट नगरपालिकाबाट समेत दमकल मगाइ आगाे नियन्त्रण गरिएकाे यादवले बताए ।
आगलागीबाट भएकाे क्षतिकाे विवरण संकलनकाे काम भइरहेकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएकाे छ।