ह्विलचेयर पाउँदा अपांगता भएकाहरु खुशी

19

संजय कुशवाहा /नवलपरासी, साउन २७ ।

नवलपरासीमा अपाङ्गता भएका २२ जना व्यक्तिहरुलाई ह्वीलचेेेेय रतथा ट्राई साईकल प्रदान गरिएकाे छ ।

जनजागृति अपाङ्ग संस्था नवलपरासीकोे आयोजना तथा प्रतापपुर÷सुस्ता गाउँपालिका एवं राष्ट्रिय अपाङ्ग पुर्नस्थापन समाज अनामनगर काठमाण्डौको आर्थिक सहयोगमा प्रतापपुर र सुस्ता गाउँपालिाबाट गरि कुल २२ जनालाई ह्वीलचेयर र ट्राईसाइकल वितरण गरिएको हो ।

संस्थाका अध्यक्ष बच्चा राजभरको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि एवं प्रदेश सभा सदस्य अजय बहादुर शाहीले १४ जना अपाङ्गहरुलाई ह्वील चेयर र ८ जनालाई ट्राईसाईकल वितरण गरे ।

अपाङ्गहरुलाई संरक्षण र हिलडुल गर्ने उद्देश्यले यो ह्वीलचेयर तथा ट्राईसाईकल वितरण गरिएको प्रमुख अतिथि शाहीले बताए ।

कार्यक्रममा प्रतापपुर गाउँपालिका प्रमुख राजकुमार शर्मा, सुस्ता गाउँपालिका प्रमुख रामप्रसाद पाण्डे, राष्ट्रिय अपाङ्ग पुर्नस्थापन समाजका प्रमुख सुगम भट्टराई, प्रतापपुर गाउँपालिका वार्ड ६ का अधयक्ष हरि उपाध्याय, ८ का वार्ड अधयक्ष कादिर अलि लगायतले अपाङ्गहरुको समस्यालाई सामाधान गर्न लागी पर्ने बताए ।

यि वक्ताहरुले अपाङ्गहरुको हकअधिकार स्थापित गराउन र अपाङ्गहरुको संरक्षणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।