वार्षिक योजना तर्जुमा सम्बन्धि अभिमूखिकरण

9

संजय कुशवाहा नवलपरासी / मंसिर २८

नवलपरासीको सुस्ता गाउपालिका वडा न ५ पक्लिहवामा सम्बाद किशोर किशोरी सञ्जालको आयोजना तथा ए बि सि नेपालको सहयोगमा एक दिने वार्षिक योजना तर्जुमा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

सम्बाद किशोर किशोरी सञ्जाल पक्लिहवाको अध्यक्ष धर्मशिला गुप्ताको अध्यक्षता तथा सुस्ता गाउपालिका वडा न.५ का वडा अध्यक्ष प्रभुनाथ यादवको प्रमुख अतिथ्यतामा सञ्चालन गरीएकाे हाे ।

अभिमूखिकरण कार्यक्रममा ३५ जना किशोर किशोरीकाे सहभागिता रहेकाे थियाे । वार्षिक योजना तर्जुमा सम्बन्धि प्रशिक्षण वडा सचिव कर्ण दर्लामी मगरले दिनु भएको थियाे ।