नवलपरासीमा ७० प्रतिशत मतदान, अपांगमैत्री केन्द्रकाे अभाव

11

नवलपरासी, मंसीर २१ ।

नवलपरासी बसुपमा करीब ७० प्रतिशत मतदान भएको छ । निर्वाचन कार्यालयले गरेको प्रारम्भिक अनुमानमा ७० प्रतिशतभन्दा बढी मत खसेको जनाएको छ ।

प्रतिनिधि सभा १ मा ६५ देखि ८४ प्रतिशतसम्म मतदान भएको निर्वाचन कार्यालयका पुष्प पौडेलले बताए ।

उनले विगतको भन्दा यस पटक मतदाता उत्साही रहेको शान्ति सुरक्षाको अवस्था समेत मजबुत रहेकाले मतदात ढुक्क भएर मत हाल्न मतदान केन्द्र पुगेका हुन् ।

नवलपरासीको नवलपुर क्षेत्रमा पनि ७० प्रतिशत मतदान भएको छ । नवलपुर क्षेत्रका मुख्य निर्वाचन अधिकृत बावुराम सुवेदीका अनुसार प्रारम्भिक बिवरणका अनुसार ७० प्रतिशत मत खसेको बताउनु भएको छ ।

मतदान सम्पन्न भए संगै मतपेटिका मतगणन हुने स्थान कावासोतीको शिवमाविमा ल्याउने क्रम जारी रहेको छ । जिल्लाको नजिकका स्थानका मतपेटिका ८ बजे सम्ममा आई पुग्ने मुख्य निर्वाचन अधिकृत सुवेदीले बताउनुभयो । सबै स्थानका मतपेटिका आजनै ल्याईपुर्याउने तयारी गरीएको छ ।

पहाडी गाउपालिकाको मतपेटिका भने राति १ बजे सम्ममा आई पुग्न सक्ने अधिकृत सुवेदीले बताउनु भयो । मतगणना भने आज रातीबाट हुने सम्भावना रहेको समेत उहांले बताउनुभयो ।

नवलपुर क्षेत्रमा छिटफुट रुपमा सामान्य केही घटना भएको भए पनि समग्रमा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको नवलपुरका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिनुभयो ।