नवलपरासीको सुस्तामा एन प्याब्सन द्वारा न्यानो कपडा र शैक्षिक सामग्री बितरण

11

श्याम थापा
सुस्ता १३ पुष
राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल द्वारा सुस्तामा न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ ।
पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको सुस्तामा रहेकोे दलित जनता प्राथमिक विद्यालयका २ सय ६३ जना विद्यार्थीलाई राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपालले न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको हो ।
सुस्ता गाउँपालिका वार्ड न ५ सुस्तामा राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपालको केन्द्रिय बैठक बसेका दिन एन प्याब्सनले सुस्तामा रहेको दलित प्राथमिक विद्यालयमा रहेकोे विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गर्ने भनेर सुस्ताबासीहरुसंग प्रतिबद्धता गरे अनुरुप आफ्नो संस्थाले वितरण गरेको राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपालका केन्द्रिय उपाध्यक्ष प्रबोध प्रभाकर रिजालले बताउनु भयो ।
न्यानो कपडा र शैक्षिक सामग्री वितरण कार्यक्रम राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपालका केन्द्रिय उपाध्यक्ष प्रबोध प्रभाकर रिजालको अध्यक्षयतामा र सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेको प्रमुखअतिथ्यतामा वितरण भएको हो । न्यानो कपडा र शैक्षिक सामग्री वितरण कार्यक्रममा राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपालका केन्द्रिय उपमहासचिव पारस मणि दाहाल,एन प्याब्सन प्रदेश न ४ का सचीव राजु पाण्डे,एन प्याब्सन केन्द्रिय सदस्य तुल्सी राम तिवारी,एन प्याब्सन केन्द्रिय सदस्य उमाकान्त गिरि,एन प्याब्सन प्रदेश न ५ का उपाध्यक्ष डिल्लीराम काफ्ले,एन प्याब्सन सुस्ता पुर्व नवलपरासीका अध्यक्ष रमेश अधिकारी र एन प्याब्सन सुस्ता पश्चिम नवलपरासीका अध्यक्ष कृष्ण प्रसाद घिमिरे लगायतले शैक्षिक संस्थाहरुको बिकासका लागि आफ्नो संस्थाले अगामी दिनमा पनि यस्ता कार्यहरु गरिरहने मन्तव्यमा जोड दिनु भएको थियो ।