उमेश बि.क / सरावल,२ मंसिर
नवलपरासीको सरावल गाउँपालिका १ सालबासकाे वडाकाे प्रांगणमा अाज झमटा नाच तथा प्रथम एकादशि मेला महाेत्सव सम्पन्न भएको छ।
महिला जागरण संस्था सालबासकाे सहअायाेजना र संसारकाेट युवा परिवारकाे अायाेजनामा सन्चालित झमटा नाच तथा प्रथम एकादशि मेला महाेत्सव क्लबका अध्यक्ष बम बहादुर चाैधरीकाे अध्यक्षता तथा सुनवल नगरपालिका मेयर भिम बहादुर थापाकाे प्रमुख आतिथ्यता एवम् सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे बिशिस्ट अातिथ्यतामा सम्पन्न भएकाे छ ।
कार्यक्रममा बाेल्दै सुनवल नगरपालिका मेयर थापाले नेपाल एउटा बहुजाती, बहुभाषी र बहुसंस्कृतिले भरिएको देश हाम्राे नेपालमा प्रत्येक ब्यक्ति अाफ्नाे जातजाति कलासंस्कृति जगेर्ना गर्नमा लाग्नुपर्नेमा जाेड दिनुभयाे ।
कार्यक्रममा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरी,वडा नं १ वडा अध्यक्ष भेष नरायण चाैधरी, वडा नं १ स्तरीय खेलकुद समिति अध्यक्ष फरेन्द्र चाैधरी ,श्री बहादुर साहि , रमेश बराल,यम भुषाल लगाएतले कार्यक्रममा शुभकामना मन्तब्य राख्नुभएको थियाे।