नदिजन्य वस्तुकाे तस्करी रोक्न जनप्रतिनिधिकाे अनुगमन, शुरू भयाे कार्यवाही

42

अनिल यादव  नवलपरासी, २० पौष ।
नवलपरासीमा अनियन्त्रित बन्दै गएकाे नदीजन्य वस्तुकाे दाेहन कार्य नियन्त्रण गर्न गरिदै अाएकाे अनेकाैं प्रयास असफल बन्दै गएकाेे अवस्थामा स्थानीय सरकार सफल हाेला भन्ने धेरैकाे अाशा सफल परिणाममा बदलिन थालेकाे छ ।

बर्दघाट सुस्ता पुर्व नवलपुर जिल्लाका स्थानीय तहका जन प्रतिनिधिहरुले खोला तस्करी नियन्त्रणका लागि प्रयास शुरू गरेका छन् । नियन्त्रणका लागि खोलाकाे अनुगमन शुरू गरिएकाे छ ।

अारम्भमै नवलपुरको मध्यविन्दु नगरपालिकाको खोलामा अवैध उत्खन्न गरीरहेको जेसिबी र टिप्परलाई निन्यत्रण लिइएको छ । खोला माफियाको गिरोहले अवैद्ध उत्खन्न गरीरहेको समयमा गोप्य सुराकीको अधारमा छापामार शैलीमा पक्राउ गरिएको छ ।

बुधवार साँझ मध्यविन्दु नगरपालिकाका उपप्रमुख ओम कुमारी महत्तोको नेतृत्वमा, प्रशासकिय अधिकृत शिवराज सेढाई र शसस्त्र प्रहरी बल चोरमाराको गएको टोलीले आरुणखोलाबाट ३ वटा जेसीबी, ९ वटा टिप्पर र १ ट्रक नियन्त्रणमा लिएको छ ।

नवलपुर क्षेत्रका जिल्ला समन्वय समितिका प्रमुख विजयराज पौडेलले नियन्त्रणमा लिएको सवारी साधनहरुलाई विभागिय कार्वाहिका साथै जरिवाने तिराउने बताउनु भएको छ ।

ट्रिपर र ट्रकलाई २५ हजार, जेसीवीलाई ५० हजार रुपैया जरीवाना काट्ने पौडेलको भनाई छ । नियन्त्रणमा लिएको सवारी साधन अरुणखोला प्रहरी चौकिमा राखिएको छ ।

करीब दुई महिनाको अन्तरालमा ६० वटा साधनलाई नियन्त्रणमा लिएर कार्यवाही गरीएको पौडेलको भनाई छ ।

उता बर्दघाट सुस्ता पश्चिम नवलपरासी जिल्लामा पनि नारायणी नदिकाे दाेहन अनियन्त्रित बनेकाे छ । अनियन्त्रित बनेकाे नदिजन्य वस्तुकाे तस्करी तथा खाेलाकाे दाेहन कार्य अझै पनि अनियन्त्रित बनेकाे छ । जिल्ला समन्वय समिति नवलपरासीले नारायणी नदी लगायतका खाेलामा भरैरहेकाे तस्करी कार्य नियन्त्रणकाे लागि अनुगमन गरेकाे छ ।

जनगुनासाेकाे अाधारमा शुरू गरिएकाे अनुगमनले के कस्ताे परिणाम ल्याउला ? त्याे त समय ले नै बताउने छ तर हाल अनुगमन पश्चात पनि तस्करी कार्यमा कुनै प्रभाव परेकाे देखिदैन, अवराेध भएकाे छैन । निर्वाध रूपमा तस्करी चलिरहेकाे छ ।

स्थानीय जनताले नदीजन्य वस्तुकाे अवैध निकासी तथा तस्करीका नियन्त्रणका लागि सुस्ता गाउंपालिका प्रमुख राम प्रसाद पाण्डेलाइ अनुराेध पत्र दिएका छन् । नियन्त्रणकै लागि यता जिल्ला समन्वय समितिलाइ नागरिक समाजले ज्ञापन पत्र बुझाएकाे छ । तर पनि श्राेतकाे दाेहनमा कुनै अवराेध नदेखिनुका कारण स्थानीयवासी चिन्तित बन्न थालेका छन् ।