छात्रा जिस्काउने दुई युवकलाइ जुत्ताको माला

13

बिन्दु कुमार चौहान, लुम्बिनी २९ भदौ ।
स्कूले छात्राहरुलाई जिस्काउने दुई जना युवकलाइ लुम्बिनी क्षेत्रका छात्रछात्राहरुले समातेर आफैले कारवाही गरेका छन् । स्कुले छात्रछात्राहरुले दुबैलाइ कुटपिट गर्नुका साथै जुत्ताको माला लगाइ बजार घुमाएका हुन् ।
पटक पटक हुदैं आएको यस्ता घटनाका कारण छात्राहरु बीचमै पढाई छाड्ने गरेपछि विद्यार्थीहरु आफै एकजुट भएर प्रतिकार गरेका हुन् ।
फिल्मी शैलीमा बिद्यालय हाता भित्र प्रवेश गरि छात्रा जिस्कयाउदा जुत्ताको माला लगाइ गरिएको कारवाहीलाइ लुम्बिनी क्षेत्रका सर्वसाधारणले विद्यार्थीहरुको साहसिक कदम भन्दै प्रशंसा गरेका छन् ।
मधुबनी माध्यमिक विद्यालय हाता भित्र दिउसो साढे एक बजे प्रबेश गरि दादागिरी शैलीमा एक छात्रासंग अभद्र व्यवहार गरिरहेको बखत आक्रोसित विद्यार्थीहरुले दुबैलाइ समातेर कुटपिट गरेका हुन् ।
पल्सर बाईकमा आएका लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ४ ठूलो पडरिया बस्ने १९ बर्षीय वसरुद्दीन मुसलमान र अली हुसेन मुसलमान दुबैलाइ जुत्ताको माला लगाइ भदाै २७ गतेका दिन महिलवार बजार घुमाए पश्चात लुम्बिनी प्रहरी बिटमा बुझाएको स्थानीयले बताएका छन् ।
बिगत एक सातादेखि स्कूले छात्राहरुलाई जिस्काउने घटना दिने पिच्छै दोहोरयाउन थालेपछि विद्यार्थीहरु संगठित भइ प्रतिकारमा उत्रेका हुन् । प्रहरी समक्ष आईन्दा त्यस्तो नगर्ने शर्तमा दुबैलाइ छाडिएको प्रअ मैनुद्दीन मुसलमानले जानकारी गराए ।