क्वारेन्टाईनमा १ लाख बराबरको राहत सामग्री

9

होमराज रानाभाट, नवलपरासी जेठ २७ गते ।

पूर्बी नवलपरासीको बुलिगंटार गाउँपालिकामा सामुदायिक बिद्यालयमा क्वारेन्टाईनमा रहेका गाउँपालिकाका १८० जनालाई पहिलो पटक बुलिगंटार गैंडाकोट सम्पर्क समाजले रु एक लाख बराबराको राहात सामाग्री बितरण गरेर सामाजिक कार्यमा अघि बढाएको छ ।

हाल बुलिगंटारमा १८० जना क्वारेन्टाईनमा रहेका छन् र उनीहरु सबै बुलिगंटारका बासिन्दा हुन् ।भारतबाट आएका उनीहरुलाई सिधै क्वारेन्टाईनमा राखिएको र अहिले सम्म एक सय जनाको पीसीआर परिक्षण गरिएको र नतिजा को पर्खाइमा रहेको बुलिगंटार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिका बहादुर गोदारले बताउनुभयो ।

बुलिंगटार गैंडाकोट सम्पर्क समाजले गाउँपालिकाको वडा नं १ देखि ६ सम्मका वडाहरुमा क्वारेन्टाईनमा रहेको हरुलाई एक लाख बराबरको खाद्यन्न राहात बितरण गरेकोे समाजका अध्यक्ष खड्ग बहादुर कमालले बताउनुभयो ।

समाजका सल्लाहाकार तथा जिल्ला समन्बय समितिका प्रमुख चेसराम आले मगर,समाजका सल्लाहाकार तथा पत्रकार महासंघका अध्यक्ष होमराज रानाभाट ,समाजका सल्लाहाकारहरु,कार्यसमितिका पदाधिकारीहरु सहितको टोलीले सबै वडामा पुगेर राहात बितरण गरेको सचिब बेलबहादुर दराईले बताउनुभयो । समाजले सबै वडाध्यक्षहरुको रोहबरमा राहात सामाग्री बितरण गरेको र समाजले गरेको कार्य प्रति बुलिगंटार गाउँपालिका वडा नं ६ का वडाध्यक्ष सुर्य बहादुर राना मगरले आभार ब्यक्त गर्नुभएको थियो ।

समाजका पदाधिकारी, सदस्य ,साधारण सदस्य, सल्लाहाकार र शुभेच्छुकहरुले रकम संकलन गरेर सो राहात बितरण गरिएको समाजका कोषाध्यक्ष पृथबहादुर राना मगरले बताउनुभयोे । गाउँपालिकामा राहात बितरण गरिएको यो नै पहिलो भएको भन्दै स्थानीयहरुले पनि खुशी ब्यक्त गरेका छन् ।