कावासोतीमा जिवन जिउने कला सम्बन्धि प्रवचन हुने

56

सदिक्षा गैरे कावासोती २२ चैत्र

नवलपुरको सदरमुकाम कावासोतीमा जिवन जिउने कला सम्बन्धी गाेष्ठी तथा प्रवचन कार्यक्रम हुने भएको छ । भारतको राजस्थानका प्रख्यात उत्प्रेरक प्रवचनकर्ता बाबा श्री प्रमुख वक्ता रहने सो कार्यक्रम कावासोतीका युवा अभियन्ताहरुले आयोजन गर्न लागेका हुन् ।

यहि चैंत्र २४ गतेदेखि ३दिन सम्म चल्ने सो कार्यक्रममा जिवन जिउने कला, जिवनको रहस्य, खुशी रहने कला, ध्यान योगा लगायतका बिषयमा प्रशिक्षण समेत हुने आयोजक किरण भुर्तेलले जानकारी दिनुभयो ।

यसका साथैं अन्य बिषयमा पनि उत्प्रेरणमुलक प्रवचन हुजने भुर्तेलले बताउनुभयो । नवलपुरका वासिन्दाका लागि यो सुर्वण अबसर भएकाले यसमा सहभागी हुन आयोजकले आग्रह गरेको छ ।