हृदयेश त्रिपाठीको क्षेत्रमा एमालेकाे बागी उम्मेदवार, अाेरालाे उन्मुख गन्तव्य

9

नवलपरासी, कार्तिक १३ गते ।

२०७० को संसदिय निर्वाचनमा नवलपरासीमा नराम्ररी हार व्योहोरेका राजपाका नेता हृदयेश त्रिपाठीको यसपटक जसरी पनि चुनाव जित्ने रणनीति एक पटक फेरी असफल हुने संकेत उजागर भएको छ ।

चुनाव जित्नकै लागि उनले गरेको नेकपा एमालेसंगको तालमेल गएको सनिवार बिग्रेको छ । त्रिपाठीलाइ प्रतिनिधी सभामा र एमालेका टेक नारायण उपाध्यायलाइ प्रदेश सभामा उम्मेदवार बनाउने तय भएपनि त्रिपाठीले उपाध्यायलाइ उम्मेदवार बन्न नदिई अर्कै उम्मेदवार ल्याएका कारण एमाले कार्यकर्ता रुष्ट बनेका हुन् ।

रुष्ट बनेका नेकपा एमालेका कार्यकर्ताहरुले त्रिपाठीको घोषणाको विरुद्ध टेक नारायण उपाध्यायलाइ प्रदेश सभाको उम्मेदवार घोषणा गरेका छन् । यस घोषणाले नेकपा एमालेको भोट नेता हृदयेशले नपाउने पक्कापक्की भएको छ । जसले राजनीतिका खेलाडी मानिएका त्रिपाठीको खेल आफनै कारणले धरापमा परेको छ ।

नेकपा एमालेका कार्यकर्तासंग उनको सम्बन्ध बिग्रेपछि अहिलेको चुनावी तालमेल पनि त्रिपाठीका लागि फलामे चिउरा बन्न पुगेको छ । नेकपा एमालेले आफ्नै उममेदवार प्रस्तुत गरेपछि एमालेको भोट नआउने र त्रिपाठीको चुनावी गणित फेल हुने पक्का देखिएको छ ।

नवलपरासी १, प्रदेश सभा ख निर्वाचन क्षेत्रिय कमिटिको आइतवार बसेको बैठकले उपाध्यायलाइ सर्वसम्मत रुपमा उम्मेदवार घोषणा गरको हो । एमालेको यस निर्णयमा स्थानीय सबै कार्यकर्तामा एकरुपता देखिएको छ । यस कमिटिले कार्तिक १४ गते कार्यकर्ताको बृहत भेला समेत डाकेको छ ।

उता त्रिपाठीले आफुलाइ चुनाव जित्न सहज हुने रणनीति अपनाइ नेकपा एमाले केन्द्रिय कमिटिसितको तालमेलमा आफुसंगै प्रदेशसभामा पनि एक जना उम्मेदवार बनाउन पाउने अडान लिदै आएका थिए । सोही अनुसार त्रिपाठीले गएको सनिवार बेलाटारीमा एक सभामा प्रदेश सभाको लागि अजय बहादुर शाहीलाइ उम्मेदवार घोषणा गरेका थिए । शाही रामसपाका केन्द्रिय सदस्य थिए । विगत २ चुनावमा हार व्योहोरेका छन् ।

लगत्तै नेकपा एमालेमा बढेको असन्तुष्टि गहिरिदै गएपछि एमाले त्रिपाठीसंगको तालमेलमा पछाडि हटेको हो । त्रिपाठीलाइ नेकपा एमालेसित तालमेल गरी अगाडि बढन नेकपा एमालेका नेता टेक नारायण उपाध्यायलेनै सघाउदै आएका थिए । तर उपाध्यायसित त्रिपाठीले घात गरेको भन्दै एमालेमा त्रिपाठीप्रति वितृष्णा बढेको हो ।

त्रिपाठीलाइ ०७०को निर्वाचनमा नेपाली कांग्रेससंग पराजयको सामना गर्नु परेको थियो । विगतमा चुनाव हारेकोबाट पाठ सिकेका त्रिपाठी यसपटक नेकपा एमालेसित तालमेल गरी सुर्य चुनाव चिन्हमा चुनाव लडने तयारीमा छन् । तर त्रिपाठीले आफ्नो जित सुनिश्चित पार्ने रणनीति अपनाउदा खेल बिग्रेकाले एकपटक फेरी पनि हारको सामना गर्नुपर्ने संकेत देखिएको हो ।

त्रिपाठीले एमालेको भोटका साथसाथै आफ्ना कार्यकर्ता माझ लोकप्रिय रहेका नेता अजय बहादुर त्रिपाठीको समेत समर्थन लिने चाहनामा एमालेको चिन्ह र शाहीलाइ उम्मेदवार बनाउन चाहेका थिए ।

तर नेता त्रिपाठीले टेक नारायणलाइ धोका दिदै प्रदेशसभाका लागि आफना निकटतम व्यक्ति अजय बहादुर शाहीलाइ उम्मेदवार बनाएपछि खेल बिग्रिएको विश्लेषकहरुको हो ।