1.4 C
New York
Saturday, November 30, 2024

Buy now

spot_img
spot_img

हृदयेश त्रिपाठीकाे अस्तित्वहिन राजनीतिक गन्तब्य, राजपाका कार्यकर्ता विराेधमा

spot_img
spot_img
न्युज डेस्क, असाेज १७, नवलपरासी ।
राजनीतिक करियरकाे अारम्भमै असफल बन्न थालेपछि सामुदायिक द्वन्द्वकाे बिजाराेपणका साथ कथित मधेशकाे नाममा अतिवादीताकाे थालनी गर्दै राजनीतिमा केही समय चर्चामा रहेका नेता हृदयेश त्रिपाठी अन्ततः मधेशका साथ बेइमानी गरी अाफ्नाे दुनाे साेझ्याउने तर्फ लागेकाे यतिबेला चर्चामा छ ।
चर्चा यस कारणले हाेइन कि उनी राम्रा काम गरेका हुन् । देशमा मधेशवासी र पहाडेका बीच फाटाे हाल्ने काममा उनकाे नाम अग्र स्थानमा लिइन्छ । यतिकाे फाटाे हालेर, सामाजिक सदभाव बिगारेर, सयाैं मधेशीकाे बलिदानी चढाएर अरबपति बन्न पुगे तर एक चुनाव हार्दैमा उनी अाफ्नाे कथित सिद्धान्त र विचारलाइ लात मारेर बाहिरिदा मधेशवासीले नुक्सानकाे रूपमा अाकलन गरेका छन् । मधेशवासीकाे भावनामा चाेट पुर्याएका कारण उनीसंगैका केही कार्यकर्ताहरूले गद्दारकाे संज्ञा दिएका छन् ।
स्थानीय तह निर्वाचनमा उम्मेदवारी गर्न नदिएर नवलपरासी लगायतका पश्चमि क्षेत्रका राजपा नेपालका कार्यकर्ताहरूलाइ मनाेबैज्ञानिक रूपमा कमजाेर पारे । मानसिक रूपमा कमजाेर बनेका ति कार्ककर्ताहरू अहिले त्रिपाठीकै पछाडि लाग्नेछन् भन्ने उनकाे साेझाे गणित पुर्ण रूपमा फेल हुदैछ । स्थानीय तहमा उम्मेदवारी गर्न पाउंछु भनेरै वर्षाैंदेखि त्रिपाठीकाे सेवामा लागेका दाेश्राे दर्जाका नेताहरू चुनाव लडन पनि पाएनन् । त्यसैमा कसैसंग सल्लाह नगरी गरिएकाे उनकाे यस हरकतले खिन्न छन् ।
नेपाल सदभावना पार्टीलाइ तहैसम्म डुबाएर बाहिरएका उनी तमलाेपा गठन गर्दा अाफु अध्यक्ष बन्न सक्थे तर त्रिपाठी त्यसाे गरेनन् । अाफ्नाे राजनीतिक कृयाकलापमाथि विश्वास नभएका उनी मनमा दाउ राखी रहे र सहज रूपमा महन्थ ठाकुरलाइ नेतृत्व सुम्पिएर अाफुलाइ यस्तै यस्तै दिनका लागि स्वतन्त्र राखेका थिए । र अाज उनी सहज रूपमा नेकपा एमालकाे चुनाव चिन्हमा चुनाव लडने निर्णय गरे । उनी नेकपा एमालेकाे सदस्यता लिएका छैनन् । किनकी उनी अाज पनि दाउ राखेर कदम चालेका छन् । कि यसरी पनि चुनाव जित्न सकिएन भने फेरी मधेशीका सन्तानलाइ गाेली हान्ने ठाउंमा उभ्याउनु पर्ने दिन अाउन सक्छ । र मधेशकै राजनीतिमा पुनः हाेमिने दाउमा छन् ।
नवलपरासी जस्ताे मधेशी बाहुल्य जिल्ला, जहां नेपाली कांग्रेस र मधेशवादीका लागि राजनीति गर्ने उर्बर थलाे मानिन्छ । त्यस जिल्लामा राजनीतिमा टिक्नका लागि नेकपा एमालेमा त्रिपाठीकाे राजनीतिक भविश्य दिगाे नहुन सक्छ । यसकाे अाकलनका साथ त्रिपाठीले मात्रै यसपटककाे चुनाव जित्नका लागि एमालेसंग सहकार्य गरेकाे हुन सक्ने विश्लेषण गर्न थालिएकाे छ । भविश्यमा मधेशकाे नारा जिवितै रहाेस् भन्ने दाउ नेकपा एमालेसंग पनि राखेकाे प्रष्टै देखिन्छ ।
त्रिपाठीले किन गरे यसाे ?
पटकपटक सत्ता स्वाद लिएका त्रिपाठी ०७० काे चुनावमा हारे । सत्ताबाट बाहिर बस्नुकाे पीडा खपि नसक्नुभयाे । नवलपरासीमा अनेक तिकडम गरे । कठहवामा घर बनाउने रणनीति बनाए र यु टर्न पनि लिए । उनलाइ लागेकाे थियाे, कि संधै काठमाण्डाैं बसेकाले जनताले पत्याएनन् हाेला तर चांडै उनी अर्काे निष्कर्षमा पुगे र घर बनाउने निर्णयबाट पछि हटे । याे दाउ पनि असफल भयाे ।
०७० काे चुनावमा उनका अाफ्ना कार्यकर्ताले पनि खुलेर साथ दिएनन् । पैसा लुछ्नमा लागे । नेकपाली कांग्रेसलाइ लाेकतान्त्रिक फाेरम, नेकपा एमाले र माअाेवादीले अाफेनाे भाेट सुपुर्द गर्दै त्रिपाठी हराउनमा लागेकाे देखेर छटपटिएका त्रिपाठी गठबन्धनका लागि भएपनि नेकपा एमाले राेज्न पुगे भन्ने धेरैकाे विश्लेषण छ ।
स्थानीय तह निर्वाचनमा सुस्ता गाउंपालिका र बर्दघाट नगरपालिकामा नेकपा एमालेले जित हात पार्याे । सुस्तामा एमालेलाइ जिताउनका लागि त्रिपाठीका कार्यकर्ताले सहयाेग गरेकाे एमालेकाे स्विकाराेक्ति छ । बर्दघाट नगरपालिकामा कांग्रेसभित्र अन्तरघातकाे लाभ लिन सक्छु भन्ने त्रिपाठीकाे अाकलन हुनसक्छ । जसले दुइटा स्थानीय तह एमालेकाे भएपछि हिम्मत गरेकाे हाे भन्ने चर्चा छ ।
के हाेला त अब ?
सुस्ता गाउंपालिकामा एमाले जिताउनका लागि गरिएकाे सहयाेगी मत राजपाकाे थियाे भने त्याे सबै मत अहिलेकाे अवस्थामा त्रिपाठीलाइ अाउनेमा फरक मत देखिएकाे छ । एमालेकाे चुनाव चिन्हमा गएपछि राजपाका ति भावुक जमात अब त्रिपाठीकाे पछाडि जादैन । गाउंगाउंमा त्रिपाठीकाे निन्दा हुन थालेकाे छ ।
६ वटा मधेश केन्द्रित दल मिलेर राजपा गठन भएपछि तत्कालीन तमलोपाका सह-अध्यक्ष त्रिपाठीबाट अन्य असन्तुष्ट रहँदै आएका थिए । दलमा अरूलाइ दबाएर राख्ने, अवसर नदिने, हालीमुहाली खाेज्ने उनकाे जमिंदारी साेंचका कारण मतलाेपाका पनि धेरै नेता बहिरिएर अर्काे दल बनाएकाे विदितै छ ।
प्रदेश २ को स्थानीय तह निर्वाचनमा पनि उनी राजपाका लागि सक्रिय देखिएका थिएनन् । पहिलो र दोस्रो चरणको निर्वाचन राजपाले बहिष्कार गरेको थियो ।
एमालेद्वारा प्रकाशित प्रेस विज्ञप्तिअनुसार सोमबार पार्टी महासचिव ईश्वर पोखरेल र उक्त समूहका नेताहरुबीच यस्तो लिखित सहमति भएको हो । सहमति पत्रमा एमालेका तर्फबाट महासचिव पोखरेल तथा समूहका तर्फका त्रिपाठी, बृजेशकुमार गुप्ता, पशुपतिदयाल मिश्र, ईश्वरदयाल मिश्र र जगदीश शुक्लाले हस्ताक्षर गरेका छन् ।
पूर्वसांसद तथा पूर्वमन्त्री त्रिपाठीको निर्वाचन क्षेत्र नवलपरासी, गुप्ता र ईश्वर दयालको कपिलवस्तु तथा पशुपति दयाल र शुक्लाको बाँकेमा पर्छन् ।
दुई पक्षबीच सोमबार भएको दुईबुँदे सहमति अनुसार समूहका नेताहरु सोही परिचयका साथ चुनावमा सहभागी हुनेछन् तर चिन्ह भने सूर्य प्रयोग गर्नेछन् ।
spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme