स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ता गिरफतार, नामावली सहित

19

नवलपरासी, ३ असोज । संविधान दिवसकाे अवसरमा अाज असाेज ३ गते संविधानकाे विराेध गरिरहेका स्वतन्त्र मधेश गठबन्धनका २० जना कार्यकर्ताहरुलाई प्रहरीले गिरफतार गरेको छ ।

जिल्लाको पाल्हीनन्दन गाउँपालिका ३ स्थित बेलासपुर चोकमा हातमा कालो झण्डा बाँधी स्वतन्त्र मधेशको नारा लगाउदै विरोध जुलुसपछि कोणसभा गर्दैगर्दा गिरफतार गरेको हो ।

आज असोज ३ गते नेपालको संविधान दिवसको दिनलाई मधेशको लागि कालो दिन भन्दै संविधानको दिवसको विरोध प्रदर्श गरेकाले प्रहरीले ति कार्यकर्ताहरुलाई गिरफतार गरेको जनाएको छ ।

स्वतन्त्र मधेश गठबन्धनका जिल्ला संयोजक श्रीकृष्ण यादवको नेतृत्वमा संविधान विरोध कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा भागलिन गाउँ–गाउँबाट स्वराजीहरु पक्षधर जनताहरुको सहभागिता रहेको थियो ।

श्राेत: स्थानीयवासी